मिति : २०८२ मंसिर ८ गते (२४ नोभेम्बर २०२५) सोमवार
तिथि : मार्ग शुक्लपक्ष चतुर्थी तिथि, १८ः२४ बजेपछि पञ्चमी।
चन्द्रराशि : धनु।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य केही कमजोर भए पनि मन धर्मकर्म र सहयोगी कार्यतर्फ आकर्षित हुनेछ। सामाजिक क्षेत्रमा सक्रिय हुने अवसर मिल्नेछ। प्रयास जारी राखेमा दिगो कामको आधार निर्माण हुनेछ। मिहिनेतको परिणामले जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको नतिजा प्राप्त भई उत्साह बढ्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) चुनौतीकै बीच अवसर खोज्नुपर्ने दिन छ। नतिजा तुरुन्तै नआउन सक्छ, त्यसैले केही काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर हुँदा काममा ध्यान घट्न सक्छ। आफ्नै विषयमा अरूले दाबी गर्न खोज्ने सम्भावना छ, त्यसैले सतर्क रहनुहोस्। लगन र निरन्तर प्रयासले मात्र लक्ष्य पूरा हुनेछ। विशेष अध्ययन वा नयाँ ज्ञानतर्फ आकर्षण बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मनोरञ्जन र यात्राका अवसर बढ्नेछन्। अतिथिकाे सम्मान पाउने सम्भावना छ। आम्दानी बढाउने कामहरू सन्चालन गर्न सकिनेछ। प्रेम, मित्रता तथा सम्बन्धहरू अझ मजबुत बन्नेछन्। पुराना साथीभाइ भेटिनेछन्। व्यावसायिक यात्राको सम्भावना रहन्छ। भौतिक सुविधामा वृद्धि भई जीवनशैलीमा सुधार आउनेछ। प्रियजनसँगको समय रमाइलो हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मिहिनेत गर्नेहरूका लागि अत्यन्तै उत्साहजनक समय। प्रतिस्पर्धामा अग्रता कायम हुनेछ। असूया गर्नेहरू आफैंपछि पर्न सक्छन्। संघर्ष पार गर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ र शत्रुपक्ष कमजोर हुनेछ। व्यापार तथा आर्थिक काम लाभदायक रूपमा सुरू हुने संकेत छ। महत्वाकांक्षा पूरा गर्ने काममा प्रगति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अवसर प्राप्त गर्न परिस्थिति अनुसार केही सम्झौता गर्नुपरे पनि अन्त्यतः फाइदा नै हुनेछ। व्यवसायमा विशेष उपलब्धि मिल्ने समय हो। कडा परिश्रमले परिस्थितिलाई आफैँअनुकूल बदल्न सकिनेछ।  मेहनतमा दिगो लाभ दिने काम सुरु गर्न सकिनेछ। अध्ययन र बौद्धिक क्षेत्रमा सफलता प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मिठो बोलीमा आश्वासन दिनेहरूले भ्रममा पार्न सक्छन्, त्यसैले सजग रहनुहोस्। अवसर त आउनेछन्, तर तुरुन्तै प्रतिफल नआउला। पहिल्यै भएका सम्झौता तोड्नुपर्ने परिस्थिति बन्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। आफ्नै बलमा काम गर्नु उचित हुनेछ। रोकिएका काम फेरि दोहोर्याउनुपर्ला। आफ्नै उपलब्धिबाट अरूले फाइदा उठाउने अवस्था आउन सक्छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)  योजना बनाएर अघि बढे राम्रो लाभ हुनेछ। प्रतिस्पर्धीहरू कमजोर पर्न सक्छन्। मिहिनेत अनुकूल परिणाममा परिणत हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। दिगो काम शुरु गर्ने उपयुक्त समय। व्यापारमा धनलाभ बढ्नेछ। सेवामूलक कार्यबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तपाईँको विचारले धेरैलाई आकर्षण गर्ने दिन छ। समर्थकहरू बढ्नेछन्, र रोकिएका कामहरू पूरा हुन थाल्नेछन्। बुद्धिको प्रयोगले अरूलाई आफ्नो पक्षमा पार्न सकिनेछ। मिहिनेतले प्रतिष्ठित स्थान दिलाउनेछ। आवश्यकभन्दा धेरै अरूमा भर पर्नु प्रभावकारी नहुन सक्छ। विशेष योजनाहरू हालका लागि गोप्य राख्नु बुद्धिमानी हुन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) टुटेका सम्बन्धमा सुधार हुन सक्छ र परिवारजनसँग  भेटघाट हुने समय। रमाइलो माहोल र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। राम्रो पहिरन वा मनपर्ने वस्तु प्राप्त हुन सक्छ। नयाँ अवसरहरू देखिन्छ। रचनात्मक कामबाट उल्लेख्य आर्थिक फाइदा हुनेछ। अघिल्लो सफलताले आत्मविश्वास बढाउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्चले  दबाब पर्न सक्छ। अरूको दबाबमा मन नलाग्ने काम गर्नुपर्ला। धेरै चाहेका केही कुरा त्याग्नुपर्ने स्थिति आउन सक्छ। उधारोमा कारोबार गर्नु परे पनि सावधानी अपनाउनुहोस्। अध्ययनमा समय दिन नसकिँदा केही पछाडि पर्न सकिन्छ। आफन्तसँग दूरी बढ्ने परिस्थिति बन्न सक्छ। यात्रा सम्बन्धी प्रयास अगाडि बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आयस्रोत राम्रो हुँदाले आवश्यक भौतिक सामग्री जुट्न सजिलो हुनेछ। सानो मेहनतले पनि राम्रो आम्दानी दिलाउने अवसरहरू भेटिनेछन्। व्यापार उकालो लाग्ने संकेत छन्। छोटो समयमा महत्वपूर्ण काम सुरु गर्न सकिनेछ। रोकिएका कामहरू सम्पन्न हुनेछन् र जिम्मेवारी बढ्नेछ। उद्योग तथा व्यापारमा फाइदा उठाउन सकिनेछ। प्रतीक्षारत उपलब्धि प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) प्रतिष्ठित काम गरेर धेरैको मन जित्ने समय। समाजमा प्रशंसनीय योगदान दिन सकिनेछ। भूमि, गाडी वा कर्मयोगसँग सम्बन्धित कामबाट लाभ हुने सम्भावना। विशेष व्यक्तिको सहयोगले ठूलो काम पूरा गर्न सकिनेछ। प्रतिक्षित उपलब्धिले उत्साह बढाउनेछ। प्राप्त सफलताले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।