सर्लाही, फागुन -२ । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्र अन्तर्गत  शनिबार लालबन्दी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

लालबन्दी–सलेमपुर १३२ केभी प्रशारण लाइनको टावरमा तार तान्ने कार्यका लागि बिहान ८ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म बिजुली नआउने केन्द्रले सूचनामार्फत जानकारी दिएको हो।

केन्द्रका अनुसार ग्रिड सबस्टेशन दक्षिण, वडा नं. १ क्षेत्र तथा उत्तरस्थित ट्रान्सफर्मरबाट सञ्चालित सम्पूर्ण लाइनहरू प्रभावित हुनेछन्।

लालबन्दी वितरण केन्द्र अन्तर्गत लालबन्दी फिडरबाट सञ्चालित सबै लाइनहरू उक्त अवधिमा अवरुद्ध रहने जनाइएको छ।


प्राधिकरणले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा सो समयअघि नै विद्युत् आपूर्ति सुचारु हुन सक्ने जनाएको  छ। विद्युत् अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति केन्द्रले क्षमायाचना समेत गरेको छ।