
मलंगवा, फागुन ३ – सर्लाहीको मलंगवा नगरपालिका–१० मा कोठा लिएर बस्दै आएका पूर्वाधार विकास कार्यालयकामा कार्यरत इन्जिनियर प्रमोद कुमार यादवलाई गोली हानी हत्या गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, गोली लागेर गम्भीर घाइते भएका ३६ वर्षीय यादवलाई राति करिब ८ बजेर ५ मिनेटमा उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। केहीबेरमै उनलाई चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यादव सिरहा स्थायी घर भई हाल मलंगवा नगरपालिका–१०, देवीटोलमा बस्दै आएका थिए । घटना घरको अगाडि भएको बताइएको छ।

गोली हान्ने व्यक्तिको पहिचान र फरार भएका व्यक्तिको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, घटना भए लगत्तै एसपी खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।








