सर्लाही,असार- ११,नेपाल हृदयरोग निवारण प्रतिष्ठान सर्लाहीले उद्योग वाणिज्य संघ लालबन्दीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एक कार्यक्रमकाे आयोजना गरि बधाई तथा शुभकामना दिएको छ ।
प्रतिष्ठानका सभापति शिवप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्य बावुकाजी प्रधानकाे प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा संघका संस्थापक अध्यक्ष देबीबन्धु थापा, वर्तमान अध्यक्ष महेशकुमार महतो काे विशिष्ट आतिथ्यता तथा अन्य पदाधिकारी सदस्यहरू काे आतिथ्यता रहेको थियो ।
उद्योग वाणिाज्य संघकै सभाहल लालबन्दी -६ मा बुधवार आज सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सचिव सुशीलकुमार थपलियाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रधान सभापति न्यौपाने लगायतका प्रतिष्ठानका पदाधिकारीहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
संघकी महिला सदस्य वर्षाकुमारी लामा, महासचिव गोपाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रामप्रसाद देवकोटा र अध्यक्ष महेशकुमार महतोले मन्तव्य राख्दै प्रतिष्ठानका सदस्यता विस्तार र सामाजिक अभियानहरूमा संघको तर्फबाट सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका कार्यक्रमको सञ्चालकसमेत रहेका प्रतिष्ठानका उपसभापति विक्रम भण्डारीले जानकारी दिए ।