सर्लाही, चैत- ७ । सर्लाहीको बरहथवास्थित सुमित अटो इन्टरप्राइजेजले चैत ८ गतेदेखि १३ गतेसम्म ‘TVS स्मार्ट एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ।

पुराना मोटरसाइकल तथा स्कुटर प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको उक्त मेलामार्फत सस्तो र सहज तरिकाले नयाँ सवारीसाधन खरिद गर्न सकिने कम्पनीका सेल्स अफिसर ज्याकी गुप्ताले जानकारी दिए ।

मेलामा पुरानो बाइक वा स्कुटर साट्दा बजार मूल्यमा थप ८ हजार रुपैयाँसम्म मूल्य वृद्धि (भ्यालु एडिसन) प्रदान गरिनेछ भने नयाँ TVS बाइक वा स्कुटर खरिद गर्दा ७ हजार रुपैयाँसम्म नगद छुट उपलब्ध हुने जनाइएको छ।
त्यसैगरी, नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा सहज किस्ताबन्दी (फाइनान्स) सुविधा पनि उपलब्ध गराइनेछ।


नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क एसेसरीज उपलब्ध गरिनुका साथै इन्जिनमा लाइफटाइम वारेन्टीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।
उत्कृष्ट माइलेज, आधुनिक प्रविधि र बलियो इन्जिनका कारण TVS ब्रान्डप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको बताइएको छ।
सुमित अटो इन्टरप्राइजेज, बरहथवा (गढी लाइन, प्रभु बैंकको सामुन्ने) मा सञ्चालन हुने उक्त मेलामा सहभागी भई पुरानो सवारी साटेर नयाँ TVS बाइक वा स्कुटर खरिद गर्ने अवसर नछुटाउन आयोजकले आग्रह गरेको छ।
सेल्स अफिसर  गुप्ताका अनुसार सीमित अवधिको यो अफरबाट ग्राहकले विशेष लाभ लिन सक्नेछन्।