जनकपुरधाम, असर १२ — नेपाल कांग्रेस मधेस प्रदेश उपसभापति एवम्  संसदीय दलका उपनेता वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा वितरणमुखी’, ‘व्यक्तिवादी’ र ‘बिचौलिया हावी’ भएको टिप्पणी गरेका छन् ।


प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सिंहले  बजेट केही निश्चित व्यक्ति तथा समूहको स्वार्थपूर्तिमा केन्द्रित भएको आरोप लगाउँदै, यसले समग्र प्रदेशको समावेशी र दिगो विकासलाई बेवास्ता गरेको उल्लेख गरेका छन्।
उनले बजेट माथि टिप्पणी गर्दै , बजेट विनियोजन प्रक्रिया पारदर्शी नभएको र प्रभावशाली समूहहरूको दबाब झल्किएको दाबी गरे ।


बजेटका विषयमा सरकमरकै नेतृत्व गरिरहे दल जनमत पार्टीका सांसदहरूकाे समेत असन्तुष्टि देखिन्छ । जनमत पार्टी संसदीय दलले बजेटमा आफ्ना सिफारिस गरिएका योजना हटाइएको भन्दै बिहीवार औपचारिक रूपमा आपत्ति जनाइसकेको छ ।
हाल मधेश प्रदेश सरकार सतीशकुमार सिंहको नेतृत्वमा सञ्चालनमा रहेको छ, जसमा जनमत पार्टी सहभागी छ।

तर अर्थ मन्त्रालयको जिम्मा नेपाली कांग्रेसका सुनीलकुमार यादवसँग रहेकोले बजेट निर्माण र वितरणमा गठबन्धनभित्र समन्वयको अभाव र शक्ति सन्तुलनको समस्या देखिएको विश्लेषण भइरहेको छ। यस्ता आरोप र असन्तुष्टिले आगामी दिनमा प्रदेश सभामा बजेटमाथि चर्को बहस हुने सम्भावना बढाएको छ।