सर्लाही, असार १० – नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया माथि लगाइएको आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै नेपाली कांग्रेस सर्लाहीका उपसभापति डा. सरोज कुमारले स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई प्रमाणसहित आरोप पुष्ट गर्न चुनौती दिएका छन्।
प्रतिनिधिसभाको विहीवारको बैठकमा सांसद सिंहले कुनै मुद्दाको सन्दर्भमा मन्त्री चौरसियाले न्यायाधीशलाई फोन गरी न्याय प्रभावित पार्न खोजेको आरोप लगाएका थिए। यसप्रति लक्ष्यित गर्दै  उपसभापति डा.सराेजले ती आरोपहरू निराधार भएको दाबी गर्दै प्रतिरोध गरेका हुन्।


“कानुन मन्त्रीको कार्यक्षेत्रभित्र न्याय प्रशासन सञ्चालन, न्यायिक आधारशिला निर्माण र संसद सचिवालयसमेत पर्छ। यस्तो संवेदनशील पदमा रहेको व्यक्तिमाथि प्रमाणबिना आरोप लगाउनु गैरजिम्मेवार व्यवहार हो,” डा. सराेले भने।


उनले स्वतन्त्र सांसद सिंहमाथि  टिप्पणी गर्दै भने, “१५–२० वर्षको अवधिमा सांसद सिंहले अरबौंको सम्पत्ति कहाँबाट र कुन माध्यमबाट जोडे ? यसको जवाफ दिनु उनीहरूको दायित्व हैन ? अरूमाथि आरोप लगाउनुभन्दा पहिले आफ्नो आचरणमा बुझ्न आवश्यक आवश्यक रहेको उनको तर्क  छ।”
यसैबीच, सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा कानुन मन्त्री चौरसियाले पनि ती आरोपहरू तथ्यहीन भएको भन्दै पुष्टि गर्न  चुनौती दिएका छन्। “यदि मैले न्यायाधीशलाई फोन गरेको प्रमाण छ भने सार्वजनिक गरियोस्। बिना प्रमाण व्यक्तिगतरूपमा आरोप लगाउनु अस्वीकार्य छ,” मन्त्री चौरसियाले भने।


सांसद सिंहले उठाएको यो विषयले केन्द्र देखि स्थानीय राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ भने मन्त्री चौरसिया र उनका समर्थकहरूले यसलाई चरित्र हत्या प्रयासका रूपमा लिएका छन्।