
मिति: २०८२ साल कार्तिक २६ गते, बुधवार,१२ नोभेम्बर २०२५
तिथि: मार्ग कृष्णपक्ष अष्टमी
नक्षत्र: अश्लेषा
चन्द्रराशि:कर्कट
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आश्वासन बाँड्नेहरूले झुक्याउने सम्भावना छ। अवसर मिल्ने भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरमा काम पूरा नहुन सक्छ, त्यसैले आफैं जुट्नुपर्ला। मान्यजनको सल्लाह पालन गर्दा फाइदा हुनेछ। रोकिएका काम पुनः दोहोर्याउनुपर्ने हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। मिहिनेतको फल हातलागी हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा बढ्नेछ। प्रयत्न गर्दा नयाँ अवसर प्राप्त हुनेछ। साथीहरूको सहयोग लाभदायी बन्नेछ। भौतिक साधन जुट्ने र रोकिएका काम पुनः सुरु हुने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्नका बाबजुद केही कमजोरी देखा पर्न सक्छ। आलोचकहरूबाट सजग रहनुपर्ला। आर्थिक कारोबारमा लाभ भए पनि खर्च बढ्नेछ। आज बाहिरिएको धन फिर्ता आउन कठिन पर्न सक्छ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ।
*कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइला अवसरका बीच पनि सानो चिन्ता पिरोल्न सक्छ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ तर स्वास्थ्यमा ध्यान दिनुहोस्। जिम्मेवारी वहन गर्नुपरे पनि प्रतिष्ठा बढ्नेछ। अध्ययनमा कमी भए पनि बौद्धिक क्षमताले सम्मान पाइनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काममा लगानी गर्ने समय छ, यद्यपि खर्च पनि बढ्नेछ। प्रयत्न गर्दा यात्रा वा भ्रमणको अवसर मिल्नेछ। अरूको दबाबमा काम गर्नुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सामान्य काममा पनि सञ्चित रकम खर्चनुपर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ आम्दानीका स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम पाउने समय हो। आँट र हिम्मतले काम सफल हुनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। अप्ठ्यारा परिस्थितिमा पनि सहज समाधान सम्भव हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिश्रमले प्रतिष्ठा र उपलब्धि दिलाउनेछ। प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। उच्च व्यक्तिहरूसँग सहकार्यको अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र सम्मान दिलाउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व र मान–प्रतिष्ठा बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सानो प्रयत्नले ठूलो सफलता प्राप्त गर्न सकिनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। शुभचिन्तकहरूको सहयोगले काममा गति आउनेछ। धर्मकर्म र सेवामूलक कार्यमा मन जानेछ। आध्यात्मिक चेतनाले आत्मसन्तोष दिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान्य कामका लागि पनि बढी प्रयास गर्नुपर्नेछ। तत्काल फाइदा नहुन सक्छ, तर भविष्यका लागि आधार तयार हुनेछ। अरूका विषयमा अत्यधिक चासो नदिनुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्, व्यायाम लाभदायी हुनेछ। उपलब्धिको नयाँ बाटो खुल्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवार र आफन्तसँग रमाइलो समय बित्नेछ। उपहार र सरसामानले खुशी ल्याउनेछ। नयाँ पहिरन वा शैलीले आकर्षण बढाउनेछ। प्रेम र मित्रताको सम्बन्ध प्रगाढ हुनेछ। आम्दानीका नयाँ अवसर प्रारम्भ हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ जिम्मेवारी हात पर्नेछ। व्यापार–व्यवसायमा राम्रो फाइदा हुनेछ। टाढिएका साथी नजिकिनेछन्। समस्या समाधानतर्फ प्रगति हुनेछ। धर्म, दान र परोपकारप्रति रुचि बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुखद समाचारले मन हलुका हुनेछ। अध्ययनमा समय कम दिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठा र उपलब्धि दिलाउनेछ। गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। पढाइमा सफलता र सम्मान मिल्नेछ।









