
हरिपुर,कात्तिक–२५ गते । हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड ले हरिपुर नगरपालिका वडा नम्बर —१ “हजारबिघा खानेपानी आयोजना”को निर्माण सम्पन्न हुने भएको छ । आयोजना सम्पन्न गर्न मंगलवार एक कार्यक्रमका बीच पाँच पक्षीय सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
सम्झौतामा हरिपुर नगरपालिका का प्रमुख गोपाल पंजियार, वडा नम्बर ८ का वडाध्यक्षसमेत रहेका हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका अध्यक्ष हरिबहादुर थापा, हजारबिघा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, नेपाल स्वास्थ्यका लागि पानी (नेवा), र बाग्मती सेवा समाज नेपाल ÷ अक्सफामका प्रतीनिधिले हस्ताक्षर गरेका हुन ।

उक्त आयोजना निर्माणका लागि कुल २ करोड ६७ लाख ६० हजार ५०७ रुपैयाँको सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौतापत्रमा वडा नम्बर २,९,५,र ६ का वडाध्यक्षहरुले पनि हस्ताक्षर गरेका वडाध्यक्ष हरिबहादुर थापाले चियोचर्चो दैनिकलाई जानकारी दिए । उनका अनुसार हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड अन्तर्गत अहिले वडा नम्बर —९ पिडारी, वडा नम्बर—२ सानो जगतपुर,वडा नम्बर—८ इन्द्रपुरमा खानेपानीको संरचना निर्माण सम्पन्न भई सञ्चालनमा रहेका छन् अव वडा नम्बर —१ हजारबिघा खानेपानी आयोजना सम्पन्न भए पछि, खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड अन्तर्गत ४ वडा खनेपानी आयोजना रहने छन् ।

आयोजनाको सफल कार्यान्वयनले हरिपुर नगरवासीहरूलाई शुद्ध र सुरक्षित खानेपानी पहुँचमा महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ । यस परियोजनाले नगरको सरसफाइ तथा जनस्वास्थ्यमा समेत ठुलो योगदान पु¥याउने अपेक्षा गरिएको छ ।सम्झौता सफलतापूर्वक सम्पन्न भएसँगै अब निर्माण कार्य शीघ्र प्रारम्भ गरिने अध्यक्ष थापाले बताए । हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले यसलाई आफ्नो विकास यात्राको अर्को कोसेढुङ्गाको रूपमा लिएको अध्यक्ष थापाले बताए ।










