
२०८२ मंसिर ५ गते, शुक्रवार (२१ नोभेम्बर २०२५)
मार्ग शुक्ल पक्ष प्रतिपदा — १३:२८ पछि द्वितीया
अनुराधा नक्षत्र — १३:३३ पछि ज्येष्ठा
चन्द्रराशिः वृश्चिक
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिस्थितिहरू केही चुनौतीपूर्ण बन्न सक्छन्। स्वास्थ्यले साथ नदिँदा काममा बाधा आउन सक्छ। कमजोरी देखेर फाइदा उठाउन खोज्ने मानिसहरू सक्रिय हुन सक्छन्। कमसल परिणाम सच्याउन काम दोहोर्याउनुपर्ने सम्भावना छ। तत्काल अपेक्षित लाभ नपाए पनि पछि उपयोगी हुने काम गर्न सकिने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनोरञ्जन र यात्रा–घुमघामको अवसर आउनेछ। प्रिय व्यक्तिहरूसँगको भेटले उत्साह बढ्नेछ। नयाँ वातावरणमा पुगिने र नयाँ साथीसँग परिचय बढ्ने समय छ। प्रेमसम्बन्ध प्रगाढ बन्नेछ। साथीभाइ तथा सहयोगीहरूको राम्रो साथ मिल्नेछ। पहिलेका दुविधाहरू हटेर निर्णयमा स्पष्टता आउनेछ। केही भौतिक सुविधा पनि जुटाउन सकिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साहसिक कदमले अरूको मन जित्न सकिनेछ। प्रतिद्वन्द्वीहरू समेत सहयोगी बन्ने सम्भावना छ। तपाइँको मेहनत र लगनको राम्रो प्रशंसा हुनेछ। रोकिएका काम अघि बढ्नेछन् र नयाँ कामको सुरुवात पनि सम्भव छ। व्यापार तथा पेशागत अभ्यासमा फाइदाका द्वार खुल्नेछन्। प्रयासले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरूको लागि बुद्धि र समय खर्चिनुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्य कमजोर हुँदा पढाइ वा ध्यान केन्द्रित गर्न कठिन हुनसक्छ। सम्भावना भए पनि उपलब्धि हासिल गर्न बढी मिहिनेत गर्नुपर्ने आजको दिन देखिन्छ। नतिजा अपेक्षाकृत कमजोर भए पनि दोहोर्याएर प्रयास जारी राख्नु हितकर छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छाती वा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्न सक्छ, स्वास्थ्यमा सतर्कता आवश्यक छ। हतारमा गरिएका निर्णय अप्ठ्यारो बन्न सक्छन्। काममा अवरोध आउनेछ। अरूका लागि धेरै उपयोगी बन्ने तर अनावश्यक वचनले झन्झट निम्त्याउनसक्छ। आवेग र असमझदारीका कारण आफन्तसँग दूरी बढ्न सक्छ। रोकिएका काम दोहोर्याएर मात्र पूरा हुने देखिन्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम सुरु गर्न अनुकूल समय छ। कडा परिश्रमले दीर्घकालीन लाभ दिलाउन सक्छ। प्रतिस्पर्धीहरू पछि पर्न सक्छन्। सहयोगीहरूबाट राम्रो साथ पाइनेछ। रोकिएका काम बन्ने र नयाँ योजना साकार हुने समय हो। उद्योग–व्यवसायमा विशेष लाभ प्राप्त हुनेछ। लगनशीलताले राम्रो प्रतिफल दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभचिन्तक वा नजिकका व्यक्तिहरू टाढिन सक्ने संकेत छन्। अरूको चासो राख्दै जाँदा आफू नै समस्यामा परिने जोखिम छ। अध्ययनमा अपेक्षित प्रगति नहुन सक्छ। व्यापारमा लाभ न्यून रहन सक्छ। नयाँ योजनालाई कार्यान्वयनमा ल्याउन अत्यधिक मिहिनेत आवश्यक हुनेछ। निराश नबनौ, समयक्रममा परिस्थिति सुधार हुँदै जानेछ। आफ्ना कमजोरीबारे आलोचना सुन्नुपर्ने समय छ, सचेत रहनुपर्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफैँले दिएको वचन पूरा गर्न कठिन हुन सक्छ। स्वास्थ्य कमजोर हुँदाहुँदै जिम्मेवारी बढ्न सक्छ। अरूका काममा समय खर्चिनुपर्ने सम्भावना छ। काम बीचमै रोकिने र फेरि सुरु गर्नुपर्ने अवस्था आउन सक्छ। भरोसा दिलाउनेहरूले निराश पार्न सक्छन्। केही प्रयत्नले केही काम सफल हुनेछन्। अरूलाई लाभ हुने काम आफैँले पूरा गर्न सकिनेछ। अध्ययनमा लक्ष्य हासिल गर्न कठिनाइ हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आकस्मिक खर्च बढ्नेछ भने आम्दानी घट्नसक्छ। व्यवसायमा अतिरिक्त लगानी आवश्यक पर्न सक्छ। लाभका लागि दोहोरो प्रयास गर्नुपर्नेछ। टाढाको यात्रा खर्चिलो र थकाउने हुन सक्छ। छिमेक वा वरिपरि असमझदारी बढ्नसक्छ, सावधानी आवश्यक। भविष्यका लागि केही कुराहरू त्याग्नु पर्ने संकेत छन्। तत्काल इच्छित नतिजा नआउला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) दैनिक आवश्यकताहरू पूरा हुनेछन्। मेहनतको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ र उत्साह बढाउनेछ। दीर्घकालीन लाभ हुने काम सुरु गर्न सकिनेछ। साझेदारीबाट पनि राम्रो फाइदा उठाउन सकिन्छ। व्यापारमा उल्लेखनीय प्रगति हुनेछ। छोटो समयमै उपलब्धि हातमा पर्नेछ। रोकिएका काम बन्ने र नयाँ जिम्मेवारी प्राप्त हुने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) नयाँ कामले प्रतिष्ठा र लाभ दुवै दिलाउनेछ। कार्यक्षेत्रमा गरेको मेहनत सफल हुनेछ। लक्ष्य हासिल गर्न सजिलो हुनेछ। प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। नयाँ–नयाँ अवसर आउनेछन् र दीर्घकालीन योजनालाई मजबुत बनाउने समय हो। उच्च पदस्थ व्यक्तिसँग सम्बन्ध मजबुत हुनेछ। व्यापारमा मनग्य प्रगति हुनेछ। कर्मले सम्मान समेत दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कठिन परिस्थितिसँग सम्झौता गर्नुपर्ने भए पनि भविष्यका लागि नयाँ सम्भावना खोज्ने समय हो। समयको गतिसँग तालमेल नहुदा केही निराशा आउन सक्छ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन खोज्न सक्छन्। बाध्यात्मक अवस्थाले मन अलमल्याउन सक्छ। तर, टाढिएका साथीहरू फेरि नजिकिन सक्नेछन् र त्यही सम्बन्धले दीर्घकालीन लाभ दिन सक्छ।









