ईश्वरपुर,मंसिर -५ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका-७ भगवानपुरमा, १५ महिने बालक आर्यन कुमार महतोको बाल्टिनमा डुबेर मृत्यु भएको छ।
प्रहरीका अनुसार बिजय महतोकी श्रीमती ललिता देवी बालटिनमा कपडा धोई सुकाउन गएकोमा उनका छोरा आर्यन कुमार महतो खेल्ने क्रममा उक्त बाल्टिनमा रहेको पानीमा डुबेका थिए।
बालकको तुरुन्तै उपचारको लागि लालबन्दी स्थित गाउँमैत्री अस्पतालमा लगिएकाेमा डाक्टरले उनीलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सराेज राइले जानकारी दिए ।
घटनापछि प्रहरी निरीक्षक नितेश कुमार सिंहको नेतृत्वमा रहेको टोलीले थप अनुसन्धान अघि बढाएको र मृतकको शव पोस्टमार्टमकाे लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको गाउँमैत्री अस्पताल लालबन्दीले जनाएको छ ।









