सर्लाही, मंसिर— ४ गते । सर्लाहीको हरिपुर्वा नगरपालिका–३, धनकौलमा भएको ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ । बिहिवार साँझ करिब ७ः३० बजे ना.अ.प.अ. ३७८ नम्बर को ट्रयाक्टर पार्किङ गर्ने क्रममा ट्रलीमा सवार रहेका अन्दाजी ४÷५ वर्षका आरएन राय ट्रलीबाट खस्दा ट्रलीले किचेर गम्भीर घाइते भएका थिए ।
घटनाको जानकारी पाउने बत्तिकै प्रहरी चौकी पर्सा सर्लाहीबाट प्रनानि शम्भु यादवको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली करिब ७ ः४५ बजे घटनास्थल पुगेको र गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।
प्रहरीका अनुसार घाइते बालकलाई अस्पताल पु¥याई उपचार गर्ने क्रममा साँझ करिब ८ः४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक राम प्रवेश रायका छोरा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रयाक्टर घटनास्थलमै फेलापरे पनि चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर नियन्त्रणमा लिई कार्यालयमा ल्याउने प्रक्रिया पनि अघि बढाइएको छ।