![]()
लालबन्दी, असार १०,लालबन्दी नगरपालिका वडा नम्बर – ११ को आर्थिक सहयोग तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र, हिरापुरको आयोजनामा सञ्चालित तीनदिने नि:शुल्क एकीकृत स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ।
वडाका स्थानीय नागरिकलाई लक्षित गरी संचालन गरिएको उक्त शिविरमा कुल ३८२ जनाले स्वास्थ्य परिक्षा गराएका छन् ।

शिविरको तेस्रो तथा अन्तिम दिन आज १०७ महिला र ४९ पुरुष गरी १५६ जनाले सेवा लिएका थिए। आज ६ जनाको खकारको नमुना संकलन गरिनुका साथै ३२ जनाको सुगर तथा ३ जनाको मलेरियाको परीक्षण गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ।

यसअघि शिविरको पहिलो दिन ७१ महिला र ३८ पुरुष गरी १०९ जनाले तथा दोस्रो दिन ७७ महिला र ४० पुरुष गरी ११७ जनाले स्वास्थ्य सेवा लिएका थिए।
तीन दिनसम्म सञ्चालन भएको शिविरमा कूल २५५ महिला र १२७ पुरुष गरि ३८२ जनाले सेवा लिएका स्वास्थ्य सेवा केन्द्र हिरापुरका प्रमुख जनस्वास्थ्य निरीक्षक राजकुमार सिंहले चियाेचर्चाे खबरलाई जानकारी दिए ।

प्रभावकारी रूपमा शिविर सम्पन्न बनाउन वडा नं. ११ का जनप्रतिनिधि, समाजसेवी, स्वास्थ्यकर्मीहरू तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले उल्लेखनीय भूमिका खेलेका रहेको जनस्वास्थ्य निरीक्षक सिंहले जानकारी दिए ।








