सर्लाही ,बैशाख – १९ नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलंगवामा शुक्रवार नव वर्ष २०८२ को शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सर्लाहीका सचिव निरज कार्कीका अनुसार जिल्ला सभापति सिंहको सभापतित्व तथा पार्टीका केन्द्रीय सह–महामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यतामा शुुभकामना आदानप्रसान तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।


उक्त अवसरमा जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले पार्टी विधानअनुसार भर्खरै नियुक्त गरेको विभागिय प्रमुख र सदस्यको पदस्थापन गराइएको थियो ।


कार्यक्रममा मधेस प्रदेश उपसभापति एवम् पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंह, पूर्व मन्त्री एवम् पूर्व जिल्ला सभापति नागेन्द्र कुमार राय,पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ ,प्रदेश सभा सदस्य जंगिलाल राय,जिल्ला समन्वय समिति सभापति काैशल किशोर सिंह ,पार्टीका बिभिन्न तह र तप्काका नेता पार्टीबाट निर्वाचित पालिका प्रमुखहरूकाे सहभागिता रहेको थियो ।