काठमाडौं,वैशाख -१७, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसबाट बनेका जनप्रतिनिधिले जनताकाे चाहनाअनुसार काम गर्नसक्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्वर ९ ले आयाेजना गरेकाे क्षेत्रीय कार्यसमिति र स्थानीय जनप्रतिनिधिबीचकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन ।


` राजनीति सेवा हाे । विहानदेखि बेलुकासम्म जनताबाे समस्या समाधानका लाग्नुपर्छ । झर्काे मान्नुहुँदैन,´ उनले भने,` नेपाली कांग्रेसकाे जनप्रतिनिधिले जनताकाे चाहनाअनुसार काम गर्नसक्नुपर्छ । कांग्रेसकाे कार्यकर्ता भनेपछि जातालाई आवश्यक्ता पर्दा जति बेला पनि उपस्थित हुन्छ भन्ने प्रभाव जनतामा छाड्नसक्नुपर्छ । जनमुखी कार्यशैली बनाउनुपर्छ ।´


नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले ठिक छ भनेर पार्टी अगाडि बढ्न नसक्ने भन्दै पार्टी विधानले भनेअनुसारकाे काम पार्टीका सबै तहले समयमा गर्नुपर्नेमा जाेड दिए ।


उनले पार्टी नेता कार्यकर्तालाई राजनीतिक घटनाक्रम र आवश्यक विषयमा प्रशिक्षित गर्नुपर्ने पनि सिंहले बताए । पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबीच समन्वय हुन नसकेकाे गुनासाे जिल्ला जाँदा सुनिने गरेकाे भन्दै सिंहले बेलाबेलामा बैठक र छलफल गरेर समन्वय बलियाे बनाउनुपर्ने धारणा राखे ।


उपप्रधानमन्त्री सिंहले ०४८ पछि देशमा पूर्वाधार , शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा आमूल परिवर्तन भएकाे भन्दै भएका कुरालाई भएकाे भन्नसक्नुपर्ने बताए ।
तस्बिर साैजन्य: जगन्नाथ दुलाल, प्रेस संयाेजक, उपप्रधानमन्त्री सिंह।