सर्लाही,वैशाख -१६, जिल्लाको हरिपुरमा साेमवार सम्पन्न प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक टिम नव संघर्षशील युवा कल्वले उचालेकाे छ।
हिजो ४ बजे सानोजगतपुर खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नं. ७ को लक्ष्मीनाथ युवा कल्ब चिताइनलाई १–० ले पराजित गर्दै नव संर्षशील युवा कल्बले उपाधि उचालेको हो ।

नव संर्षशील युवा बल्वका खेलाडी प्रवेश बलले गरेको एकमात्र गोल उपाधि उचाल्न काफी भएको हो ।
विजेता नव संर्षशील युवाले नगद ७५ हजार रुपैयाँ नगदसहित प्रतियोगिताको ट्रफी उचालेको छ भने लक्ष्मीनाथ युवा कल्ब चिताइनले उपबिजेतामा नै चित्त बुझाएको छ। उपबिजेता ४० हजार रुपियाँमा नगद हात पारेको छ।


बैशाख ७ गतेदेखि सुरु प्रतियोगितामा हरिपुर नगरपालिकाका ९ वटै वडाका टिमले सहभागिता जनाएको थियो । खेलाडी रोहन घिसिङ उत्कृष्ट गोलकिपर भए भने , विकास माझी वेष्ट डिफेण्डर, ओमराज कुँवर वेष्ट मिडफिल्डर, मनोज कार्की वेष्ट कोच र उपबिजेता टिमका गौरव चौधरी वेष्ट फरवार्ड घोषित भएका छन् ।

उनीहरु ट्रफीसहित पुरस्कृत भएका छन् । प्रतियोगिताको बिजेता तथा उपबिजेता र उत्कृष्ट खेलाडीलाई नगरप्रमुख गोपाल पजियारले पुरस्कार वितरण गरेका नव संघर्षशील युवा क्लबका अध्यक्ष अमृतकुमार घिसिङले जानकारी दिए ।

प्रतियोगिताको समापन समारोहमा हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरी, लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरी, हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, युवा खेलकुद शिक्षा तथा सामाजिक विकास शाखाका प्रमुख नागेश्वर राय , प्राविधिक शाखा प्रमुख विवेक यादव,योजना शाखा प्रमुख रामदेव चौधरी, नेकपा एमाले हरिपुर नगर कमिटीका अध्यक्ष माधव सरकार, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष सुनिलकुमार बुढाथोकी स्थानीय ब्यक्तिहरुको सहभागी रहेको थियोे ।