सर्लाही, वैशाख -१७, जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर – ९ रामनगरमा निर्माण सम्पन्न भएको वडा कार्यालय भवनकाे उद्घाटन गरिएको छ।
आइतवार ( आज) एक कार्यक्रमका बीच मेयर मनोज कुमार आचार्य र उपमेयर रन्जिता देवी चाैधरीले वडा कार्यालय भवनको उद्घाटन गरेका हुन ।


वडा कार्यालय भवन निर्माणका लागि स्थानीय लक्ष्मीप्रसाद महतो सुढीले दुुई कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । सोही जग्गामा ४० लाख रुपियाँ खर्चिएर बैठक कोठा, वडाध्यक्ष कक्ष, वडा सचिव कक्षसहितको एक तले भवन तयार पारिएको वडाध्यक्ष नन्दलाल चौधरीले जानकारी दिए ।


वडाको आफ्नै भवन नभएपछि कार्य सम्पादनमा केही जटिलता थियो । लामो समय पछी वडाको आफ्नै भवन निर्माण सम्पन्न गर्न पाउदा खुसि लागेको वडाध्यक्ष चौधरीले बताए ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ,मेयर आचार्यले यश क्षेत्रमा सर्पदंशको उपचारको लागि अगामी आर्थिक वर्षमा बजेट छुटयाएर अस्पताल निर्माण कार्य गरिने बताए । उनले सर्प दंशको उपचारको लागि नेपाली सेना सँग पनि समन्वय गरिने बताउनुभयो ।