![]()
सर्लाही , बैशाख – १४, जिल्लाकाे सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा आइतवार एक महिलाको आफ्नै जेठाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
विष्णु गाउँपालिका–३, मधुवनगोठकी ३६ वर्षीया रेनुदेवी पासवानको उनका जेठाजु ४० वर्षीय साहेब पासवानले हत्या गरेका हुन् ।
![]()
साहेबले आइतवार बिहान पौने १० बजे बुहारी रेनुदेवीलाई धारिलो हतियार (फर्सा) प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार साहेबले बुहारी रेनुदेवीलाई शरीरका विभिन्न भागमा १५ पटक भन्दा बढी फर्साले प्रहार गरेका थिए । प्रारम्भिक अनुसन्धानमा जेठाजु साहेब पासवानले आइतवा बिहान बुहारी रेनुदेवीसँग खाना मागेको र सोही विषयमा विवाद भएपछि एक्कासी फर्सा निकालेर प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

शनिवार झै–झगडा भएपछि साहेबकी श्रीमती र छोराछोरी भारतस्थित माइती घर गएको बुुझिएको छ । शनिवारदेखि नै भोको रहेका साहेबले आइतबार बिहान खाना माग्न जाँदा विवाद भएपछि बुहारीमाथि नै धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरी चौकी मधुवनगोठले तत्कालै नियन्त्रणमा लिएको साहेबलाई थप अनुसन्धान लागि सदरमुकाम मलंवा ल्याइएको छ ।मृतक रेनुदेवीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंवा ल्याइएको प्रहरीले जनाएको छ ।










