हरिवन, चैत -२७,नेपाल माैरीपालक महासंघ जिल्ला शाखा सर्लाहीकाे आयाेजनामा  सार्वजनिक सुनुवाइ माैरीगाेला तथा माैरीजन्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबास महाेत्तरीकाे सहयोग सञ्चालित उप आयोजनाकाे बुधवार सार्वजनिक सुनुवाइ गरिएको हाे ।


नेपाल माैरी पालक महासंघ जिल्ला शाखा सर्लाहीकी उप आयोजना संयोजक गीता यादवकाे सभाध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर -३ का सांसद पूर्व रक्षामन्त्री हरि उप्रेतीको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उप आयोजनामा सहभागी  जिल्लाका हुलाकी र महेन्द्र राजमार्ग आसपासका माैरीपालक किसान स्थानीय जनप्रतिनिधि ,सञ्चारकर्मी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो ।


कार्यक्रममा सांसद पूर्व रक्षामन्त्री हरि उप्रेतीले मुलुक लामो समयदेखि आन्तरिक द्वन्दमा रहेका कारण अर्थतन्त्र सन्तुलित  ढंगले अघि बढ्न नसकेको बताए  । उनलेे अहिले विस्तार अर्थतन्त्रमा सुधारका संकेतहरू देखापर्न थालेको बताए ।
उनलेे यहाँका किसानहरूले छिमेकी राष्ट्रमा अनुदान पाएका किसानसंग प्रतिस्पर्धा गर्न नसकेको बताउँदै ,माैरी किसानकाे पनि यहीँ अवस्था रहेको बताए ।
आफुले सदनमा दुध किसान,उखु किसानले समयमा भुक्तानी नपाएको विषयमा बाेलेकाे र किसानले भुक्तानी पाएकाे स्मरण गर्दै,माैरी किसानकाे समस्या समाधानको लागि पनि सदनबाट सरकारको ध्यानाकर्षण गराउने बताउदै,त्यसका लागि माैरी किसानकाे समस्या लिखितरूपमै टिपाउन आग्रह गरे ।कुनै न कुनै ढंगले काम गरेर राज्यलाई पाल्ने भनेकै  किसान भएकाले आफू सधैं किसानकाे पक्षमा रहने उनलेे बताएका ।
कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले माैरीपालक किसानका लागि  आफूले के गर्नुपर्छ याेजना लिएर आउन आग्रह गरिन ।उनलेे अनुदानमा सञ्चालित उप आयोजनाकाे आफूले पनि अनुगमन गर्ने बताइन् ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिवास महाेत्तरीका कृषि अधिकृत पशु चिकित्सक डाक्टर विनोदकुमार यादवले, उप आयोजना अन्तर्गत २८ जना कृषकहरूकाे  लागि कार्यालयले ५२५ वटा घार गाेला ५० प्रतिशत अनुदान दिएको बताउँदै यसको सदुपयोग गरि आयआर्जन बढाउन कृषकहरूलाई आग्रह गरे ।
उनलेे मधेस प्रदेशका ८ वटै जिल्लाका ८४ वटा गाउँपालिकामा याे कार्यक्रम सञ्चालन भइरहेको बताए  । उनलेे हुलाकी र महेन्द्र राजमार्ग संग जाेडिएका पालिकाहरूमा कार्यक्रम सञ्चालन भइरहेको बताए ।
उप आयोजनाका लागिएको एक हजार किसनका समुह सहकारी र कृषक महासंघबाट प्रस्ताबना प्राप्त भएकोमा  छनाेटमा परेका १७९ वटा समूह सहकारीसंग सम्झौता भएको जसमध्ये ११५ वटामा उप आयोजना सञ्चालनमा रहेको बताए।उखु र बाँस बहायक कृषि र पशुका सवै क्षेत्रम किसानकाे मागको आधारमा काम भइरहेको बताए ।
उनलेे कार्यालयबाट प्रत्येक समूह र सहकारीका प्रति सदस्य बराबर २ लाख सम्म अनुदान प्रदान गरिएको जसमा  ५० प्रतिशत सदस्यहरूलेनै लगानी गर्नुपर्ने बताए।


विश्वबैंककाे सहुलियत ऋण सहयोगमा नेपाल सरकार कृषि तथा सहकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत कार्यक्रम सञ्चालन भइरहेको उनलेे बताए ।
नेपाल माैरी पालक महासंघका केन्द्रीय लेखासमिति संयाेजक रविकुमार कडरियाले सञ्चालन गरेको कार्यक्रममा विश्वबैंकक्षका तर्फबाट प्राबिधिक परामर्शदाता निराेज दाहाल नेकपा एमाले नेता विदुरकुमार प्याकसरेल,माैरी पालक महासंघका केन्द्रीय सदस्य हेमराज देवकोटा,सर्लाही जिल्ला अध्यक्ष डम्बरदेव पाण्डे, हरिवन वडा नम्बर -६ का वडाध्यक्ष शन्तलाल घिसिङ,माैरी किसान तथा व्यवसायी विष्णुप्रसाद मैनाली ,जनज्योति महिला माैरिमालक संस्था लालबन्दीकी अध्यक्ष अम्बिका पाैडेल, जिल्ला स्थित विभिन्न क्षेत्रका माैरीपालक किसानकाे
सहभागिता रहेको थियो ।