![]()
लालबन्दी,चैत – २५ , नेकपा एमाले लालबन्दी नगर कमिटीको अध्यक्षमा लालबन्दी नगरपालिका–६, का पूर्व वडाध्यक्ष उज्वलकुमार कार्की निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य (उमेश) लाई ४७ मतान्तरलेल पराजित गर्दै कार्की लालबन्दीको अध्यक्षमा निर्वाचित भएका हुन।

पार्टीको नगर अध्यक्षमा निर्वाचित कार्कीले १६५ मत प्राप्त गरेका छन् । उनक निकटतम प्रतिस्पर्धी लालबन्दी नगरपालिका–१७, का पूर्व वडा सदस्य समेत रहेका आचार्यले ११८ मत प्राप्त गरेका निर्वाचन निर्वाचन समितिका संयोजक कमल पौडेलले जानकारी दिए ।

हिजो सम्पन्न मतदानमा ३०९ जना प्रतिनिधिमध्ये २९९ जना मतदानमा सहभागी भएका थिए । अध्यक्ष पदमा खसेको मतमा १६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन प्रक्रियाबाट पाँच जना पदाधिकारी चयन भएका छन् । अध्यक्ष कार्कीबाहेक अरु चार जना पदाधिकारी आचार्यको प्यानलबाट निर्वाचित भएका हुन् । उपाध्यक्षमा हेमबहादुर पौडेल (भीम) ११७ मत प्राप्त गरी विजयी भएका छन् , उनका निकटतम प्रतिस्पर्धीद्वय दिनेशप्रसाद मैनालीले ९५ र देवीप्रसाद अधिकारीले ५५ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा वर्षाकुमारी लामा १६७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी उज्वल कार्कीले १११ मत प्राप्त गरेका छन् ।
त्यस्तै सह–सचिव पुरुषमा बिक्रम खड्का १७२ मत र सह–सचिव महिलामा नैनकुमारी चौधरी १४२ मत प्राप्त गरी बिजयी भएका छन् । खड्काका प्रतिस्पर्धी मेमकुमार लामाले ९९ र चौधरीकी प्रतिस्पर्धी गायत्री महत थापाले १२८ मत प्राप्त गरेका छन् ।

एमाले लालबन्दीको दोस्रो नगर अधिवेशनको उद्घाटन शनिवा नै भएको थियो । ६१ जना सदस्य सर्वसम्मत चयन भएपनि पाँच जना पदाधिकारीमा सहमती जुट्न नसकेपछि हिजो दिउँसो लालबन्दी नगरपालिका–६, स्थित मदन आश्रीत भवनमा मतदान गरेर टुुङ्गो लगाइएको हो ।
पदाधिकारीमध्ये कोषाध्यक्ष निर्वाचित कमिटीले मनोनित गर्ने पार्टीको विधानमा उल्लेख छ । पाँच जना पदाधिकारी चुन्न गएसाँझ ५ बजेसम्म मतदान गराएर राति साँढे ९ बजे अन्तिम मतपरिणाम घोषणा गरिएको थियो ।









