सर्लाही,चैत -२९, जिल्लाकाे हरिपुर्वा नगरपालिका वडा नम्बर-९ मिर्चैया बजार स्थित बाँके संग्राम्पुर सडकखण्डमा आज बिहान अन्दाजी ९: १५ बजेको समयमा ट्रककाे ठक्करबाट साईकल यात्री एक युवतीको घटनास्थलमै मृत्युु भएको छ ।


ट्रकको ठक्करबाट साईकल यात्री ईश्वरपुर नगरपालिका वडा नम्बर- १३ श्रीनगरका रामदुलार महतोको छोरी अन्दाजी १७ वर्षीया अंजली कुमारी महतोकाे घटना स्थलमा मृत्यु भएको हाे ।


प्रहरी चाैकी गौरीशंकरका अनुसार बिपरित दिशाबाट आउदै गरेकी अंजलीफाई श्रीनगरबाट पूर्वी धनकौल तर्फ जादै गरेको ना ५ ख ३८५८ नम्बरको खाली ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट सोही साईकल पछाडी सवार उनकी बहिनी अन्दाजी १५ वर्षीया पुजा कुमारी महतो समान्य चोट लागि घाईते भएकी छिन् । उनको स्थानिय मेडिकल श्रीनगरमा उपचार भई रहेको छ ।


ठक्कर दिने ट्रक चालक हरिवन नगरपालिका वडा नम्बरको १० ताईवन टोलका ३१ वर्षीय लक्षमण विश्वकर्मा प्रहरी चौकी गौरीशंकर सर्लाहीकाे नियन्त्रणमा रहेका छन् । ट्रक भने ईलाका प्रहरी कार्यालय केशरगंजको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


मृतकको लास पाेस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशी जानकारी दिएका छन् ।