सर्लाही,माघ-७, गोडैता नगरपालिका–४ रोहुवा स्थित हुलाकी सडक खण्डमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
बीआर ०५ एच ५७४८ नम्बरको स्कार्पिओले बीआर ३० एए ४७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।


दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गोडैता नगरपालिका–९ का ४५ वर्षीय देवनारायण पण्डित गम्भीर घाइते भएका थिए। उनलाई राति नै थप उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रामा सेन्टर पुर्‍याइएकाे थियो ।

उनको उपचारका क्रममा ट्रामा सेन्टरमै मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका मोटरसाइकल चालककाे प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।

दुर्घटनापछि स्कार्पियो चालकलाई नियन्त्रणमा लिई, घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।