सर्लाही,माघ -७,जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं. ६ मा दलित, अपाङ्गता भएका व्यक्ति र अति विपन्न घरपरिवारलाई कम्बल वितरण गरिएको छ ।
नागरिक समाज हरिपुर्वा वडा नम्बर -६ द्वारा वडाका -८०, घर दलित, अपाङ्गता भएका व्यक्तिहरू र अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको हाे ।


कम्बल बितरण कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहेका जनता समाजवादी पार्टीका सर्लाही जिल्ला सचिव रंधिर यादवले चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई बढी असर पुर्‍याएको अवस्थामा यस्ता सहयोगले उनीहरूको जीवनमा केही सहजता ल्याउने बताए ।


चिसो मौसमबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले कम्बल बितरण कार्यक्रमकाे आयाेजना गरीएकाे वडा नम्बर -६ का वडाध्यक्ष राम साेगारथ रायले जानकारी दिए । कम्बल वितरण कार्यक्रमले चिसोबाट प्रभावित समुदायलाई ठूलो राहत प्रदान गरेको भन्दै स्थानीयले आयोजकलाई धन्यवाद दिएका छन्।


कार्यक्रममा बिशिस्ट अतिथि जनता समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार सत्य नारायण मण्डल ,प्रेस मञ्च नेपालका केन्द्रिय कार्यवाहक अध्यक्ष मनाेज यादव,हरिपुर्वा नगरपालिकाका मेयर प्रत्यासि याेग नारायण राय लगायतका स्थानिय नेता कार्यकर्ताहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।