रामबाबु खड्का / सर्लाही
पुस-२८, तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा जिल्लाको हरिपुर नगरपालिकाको बिकास निर्माणका काम प्रभावित भएको छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा भएपछि नगरपालिकाको काम प्रभावित भएको हो।
मन्त्रालयसँग प्रमुख प्रशासकीय अधिकृत पठाउन पटकपटक पटकपटक आग्रह गर्दा समेत मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाएको नगर प्रमुख गोपाल पंजियारको भनाइ छ।
`हाकिम पठाउन मन्त्रालयसँग धेरैले पटक अनुरोध गरियो ,´ म आफैं तीन पटक मन्त्रालय पुगे, अहिलेसम्म कुनै सुनुवाइ भएको छैन, मेयर पंजियारले चियाेचर्चाे खबरसंग भने । आफू मन्त्रालयमा पुग्दा प्रमुख प्रशासकीय अधिकृत पठाउने आश्वासन मात्र दिन्छन्,फर्किए आएपछि काम हुदैन, तीन महिनादेखि तलबभत्ता सहित विकासको काम प्रभावित भएको छ,´उनलेे भने ।
प्रमुख प्रशासकीय अधिकृत नहुदा नगरपालिकाको चालू आर्थिक वर्ष ०८१/८२ का धेरै योजना प्रभावित हुने सम्भावना बढेको छ।आर्थिक वर्ष सुरु भएको ६ महिनासम्म नगरपालिकालकाे कुनै योजना अघि बढ्न नसकेको हरिपुर नगरपालिका वडा नम्बर -१ का वडाध्यक्ष नानीबाबू थापाले गुनासो गरे । नगरपालिकाले समयमा बजेट कार्यान्वयन गर्न नसक्दा नगरभरिका धेरै स्वास्थ्य संस्थामा ओैषधिको अभाव भएको उनलेे बताए ।
अस्पतालमा निशुल्क उपलब्ध गराउने धेरै ओैषधि सकिएको र अहिलेसम्म खरिदका लागि कुनै प्रक्रिया अघि बढेको छैन।हरिपुर नगरपालिका वडा नम्बर १ का स्थानीय पितराज मैनालीले भने,´ अस्पतालमा ओैषधी लिन दुईदिन धाँए, जहिले जाँदापनि ओैषधी छैन मात्र भन्छन्।
रुघाखोकी ज्वरो पखालाको ओैषधी पनि नभएपछि अस्पतालमा किन कर्माचारी थुप्रानु पर्यो? म ७० वर्षको बूढो कतिदिन अस्पताल धाउनु, मेरयसावलाई पनि यो कुरा भने, समस्याको समाधान भएनन् ।´प्रमुख प्रशासकीय अधिकृत नहुदा हरिपुर नगरपालिका – २ मा केही महिना अघि सम्झौता भइसकेको दुई करोडको विद्यालय भवनको निर्माणगर्ने कार्यदेश दिन नसक्दा रकम फ्रीज हुने सम्भावना बढेको छ।