सर्लाही,पुस-२८,बसले किचेर मृत्यु भएका सशस्त्र प्रहरी निरिक्षक वीजय तुलाधरको सम्झनामा निर्मित स्मृति बाटिकाको उद्घाटन गरिएको छ ।
तेह्रौं दिनको पुण्यतिथीका अवसरमा आज आइतवार बिहान सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट छतौनामा निर्मित स्मृति बाटिकाको उद्घाटन गरिएको सशस्त्र प्रहरी उपरिक्षक विनोद राज खनालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बलरा नगरपालिका प्रमुख रामाशंकर प्रसाद कुशवाहा र रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिनोद राज खनाल, प्रस्तावित सिमा सुरक्षा गुल्म सिमराका गुल्मपति धन बहादुर रानामगर, सुरक्षा बेस हरिवनका बेसपति सप्रनाउ निरन थापा, प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका निमित गुल्मपति सशस्त्र प्रहरी निरिक्षक होम नाथ नेपाल, वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
कार्यक्रममाका सहभागीले स्वर्गीय तुलाधरको तस्बिरमा माल्याणपर्ण समेत गरेका थिए । सप्रनि तुलाधरको पुस १६ गते राति आफ्नै कार्यालय सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छतौना अगाडि बसले किचेर मृत्यु भएको थियो ।