ईश्वरपुर, मंसिर २१ गते । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा मधेश प्रदेश आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको पहिलो, दोस्रो र तेस्रो डान ब्ल्याक बेल्ट ग्रेडिङ्ग कार्यक्रम आईतवार सम्पन्न भएको छ । कार्यक्रममार्फत १५ जना खेलाडीको डान ग्रेडिङ्ग गरिएको छ ।

ग्रेडिङ्गअघि बयलवास बजारमा आयोजित ¥यालीमा मधेश प्रदेशभरबाट आएका ३५० खेलाडीले सहभागिता जनाएका थिए ।कार्यक्रम संघको प्रदेश टेक्निकल विभाग प्रमुख दीक्षा खतिवडाले अध्यक्षता तथा ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । यसैगरी नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीण कार्की, मधेश खेलकुद परिषद्का सदस्य तथा आईटीएफ राष्ट्रिय उपाध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम)को कार्यक्रममा विशेष आतिथ्यता रहेको थियो ।


कार्यक्रममा ईश्वरपुर–६ का वडाध्यक्ष रहमद मिकरानी, इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर नितेशकुमार सिंह, नारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुसतम मिकरानी, लालीगुराँस एकेडेमीका सञ्चालक÷प्रिन्सिपल उज्वल शर्मा, तथा कम्युनिटी वेलफेयर एकेडेमीका सञ्चालक÷ प्रिन्सिपल सुदीप कार्कीलगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रम मधेश प्रदेश आईटीएफ तेक्वान्दो संघको आयोजनामा तथा लालीगुराँस एकेडेमी बयलवासको व्यवस्थापनमा सम्पन्न भएको हो।