
मिति : २०८२ मंसिर ४ गते (२० नोभेम्बर २०२५)
वार : बिहीवार,
तिथि : मार्ग कृष्णपक्ष औंसी, ११ः०८ बजेपछि प्रतिपदा।
चन्द्रराशि : वृश्चिक
मेष : बाध्यताका कारण मन केही मनचिन्तित हुन सक्छ। कसैको मीठो वचनमा अल्झन सकिने भएकाले निर्णयमा सावधानी अपनाउनु राम्रो हुन्छ। अरूका काममा समय बित्ने भएकाले आफ्ना काममा ढिलाइ हुन सक्छ। नयाँ योजना तत्काल सुरु गर्नु उचित हुँदैन। पुरानै कामलाई निरन्तरता दिए राम्रो हुनेछ। स्वास्थ्य पनि सामान्य कमजोर महसुस हुनेछ।
वृष : प्रियजनसँगको समयले मन हर्षित हुनेछ। नयाँ सीप सिक्ने वा अनुभव बढाउने मौका मिल्नेछ। व्यापारमा राम्रो फाइदा उठाउन सकिन्छ। यात्राको सम्भावना पनि देखिन्छ। दाम्पत्यतर्फ खुसी बढ्नेछ। आम्दानी राम्रो रहनेछ र आवश्यक भौतिक सुविधा जुट्नेछन्। मेहनतको राम्रो प्रभाव जीवनशैलीमै देखिन सक्छ।
मिथुन : चुनौतीहरू भए पनि आत्मविश्वासले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गरेका मानिसहरू नै पछि पर्नेछन्। मिहिनेतले कार्यक्षेत्रमा स्पष्ट सफलता दिलाउनेछ। समस्या हटाउँदै अधिकार मजबुत बनाइनेछ। दीर्घकालीन लाभ हुने काममा जग बसाउने अवसर छ। प्रतिस्पर्धामा पनि राम्रो जीत हात लाग्ने संकेत छन्।

कर्कट : परिस्थिति मनले सोचेझैँ सहज नचले पनि धैर्य राख्नु राम्रो हुन्छ। अवसर आए पनि समय मिल्न नसक्दा काम रोकिन सक्छ। प्रतिक्षामा रहेका नतिजा अपेक्षाकृत कमजोर हुन सक्छन्। अध्ययन–अनुसन्धानमा पूर्ण समय दिन नसकिने अवस्था बन्न सक्छ। गोप्य योजना बनाएर अघि बढ्नु बुद्धिमानी हुनेछ। स्वतन्त्रतामा केही बाधा आउन सक्छ।
सिंह : अरूको सुझाव मन नपर्न सक्छ र गलत विकल्प अपनाउँदा अवसर गुम्न सक्छ। सानो कमजोरीले नै बाधा पुर्याउन सक्छ। तत्कालको फाइदाले पछि घाटा नहोस् भनेर सोचेर कदम चाल्नु राम्रो हुन्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउन सक्छ। आर्थिक गति केही सुस्त हुन सक्छ, त्यसैले योजनालाई गोप्य राखेर अघि बढ्नु उपयुक्त छ।
कन्या : परिश्रमले राम्रो मान–प्रतिष्ठा र आम्दानी दिलाउनेछ। उद्योग तथा व्यापारमा उल्लेख्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज र सहयोगीको साथले फलदायी नतिजा आउनेछ। गरिएका कामको उपयुक्त प्रतिफल पाउने समय हो। अपेक्षा नगरेको ठाउँबाट पनि राम्रो नतिजा आउन सक्छ।
तुला : काम रोकिँदा हातलागी कम हुन सक्छ। उद्योग–व्यवसायमा न्यून फाइदा हुने छ। सतर्क नहुँदा आफ्नै श्रमबाट अरूले फाइदा लिन खोज्नेछन्। पुरानो समस्या–तनावले बचत खर्च गराउन सक्छ। चल–अचल सम्पत्तिको उचित उपयोगले केही राहत मिल्न सक्छ। विवाद बढ्न सक्ने भएकाले बोल्दा सावधानी अपनाउनुहोस्।

वृश्चिक : महत्त्वाकांक्षी योजनामा ढिलाइ वा बाधा आउन सक्छ। व्यवहारिक जीवनमा केही उल्झन देखिन्छ। आफ्नै क्षेत्रमा अरूले प्रभाव जमाउन खोज्न सक्छन्। भेटघाट र सामाजिक व्यस्तताले लक्ष्यमा असर पार्न सक्छ। मिहिनेत भने भविष्यका लागि उपयोगी हुनेछ। स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ।
धनु : खर्चिलो कामको दवाबले आर्थिक अभाव महसुस हुन सक्छ। मिहिनेतअनुसार प्रतिफल कमै मिल्नेछ। फाइदा नहुने जिम्मेवारी लिनु पर्ने संकेत छ। अरूले तपाईंको मेहनतबाट लाभ उठाउने सम्भावना छ। आम्दानी भए पनि खर्च बढ्दा दबाब बढ्न सक्छ। प्रयास गरे सरसापट भने मिल्नेछ। यात्रा शुभ हुनेछ र दीर्घकालीन फाइदा हुने काम सुरु हुने समय छ।
मकर : मिहिनेतले महत्वपूर्ण उपलब्धि दिलाउनेछ। उल्लेख्य आम्दानीको अवसर मिल्नेछ। प्रतीक्षित परिणामले उत्साह जगाउनेछ। थोरै लगानीबाट राम्रो नाफा हुने समय हो। अस्थायी पेसाबाट अपेक्षा भन्दा बढी लाभ उठाउन सकिन्छ। नयाँ काम सुरु गर्न समय अनुकूल छ। पहिलेका सफलताले नयाँ अवसर डोर्याउनेछन्।

कुम्भ : अवसर प्रशस्तै देखिए पनि प्रतिष्ठा जोगाउन सावधानी चाहिन्छ। परिस्थिति सहज भए पनि अरूका लागि समय र बुद्धि खर्चिनुपर्नेछ। आँटेको काममा अरूको प्रतिक्षा गर्दा पछाडि परिने सम्भावना छ। मेहनतको मूल्याङ्कन भए पनि प्रतिफल आउन केही समय लाग्न सक्छ। केही त्याग गरेर अघि बढ्नुपर्ने अवस्था आउन सक्छ।
मीन : सीमितताले सामान्य काममा पनि बढी मिहिनेत गर्नुपर्नेछ। अवसर आए पनि त्यसको जिम्मेवारी विवादास्पद हुन सक्छ। भविष्यमा सम्भावना देखिए पनि तत्काल फाइदा लिन गाह्रो हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले बढी फाइदा लिन्छन् भन्ने महसुस हुन सक्छ। धेरै समय अरूका लागि खर्चिनुपर्छ। श्रम धेरै परे पनि उपलब्धि न्यून रहने संकेत छ।









