
लालबन्दी,कात्तिक —१७ गते । लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुरमा यस वर्षको “त्रिवेणी मेला २०८२” भव्य रूपमा आयोजना गरिन भएको छ । मेला कार्तिक १८ गते (भाेली) देखि २२ गतेसम्म सञ्चालन हुने आयोजक श्री त्रिवेणी मेला समिति, लालबन्दी–३ ले जनाएको छ ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ । गायिका सोनु कुशमी, मोडेल तथा नृत्याङ्गना क्रिस्टिना, साथै अन्य थुप्रै कलाकारहरूको बेजोड नृत्य र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत हुने बताइएको छ । आयोजकका अनुसार कार्तिक १५ गतेदेखि २० गतेसम्म निरन्तर प्रस्तुतिहरु रहेने छन् ।

संस्कृति र परम्पराको संरक्षणका लागि आयोजना गरिएको मेलामा थारु समुदायको सामाचकेवा नृत्य, धामी झाँक्री नृत्य, र स्थानीय जातीय परिकार प्रदर्शनीमा राखिने छ । साथै, थारु परिकार तथा विभिन्न स्वादिष्ट खानेकुराका स्टलहरू समेत आकर्षणका रूपमा रहनेछन् ।

आयोजक समितिले बालबालिकादेखि वृद्ध–वृद्धासम्म सबैलाई मेलामा सहभागी भई मनोरञ्जन लिन र मेलालाई सफल बनाउन आग्रह गरेको छ । त्रिवेणी मेला प्रत्येक वर्ष धार्मिक, सांस्कृतिक र सामुदायिक एकताको प्रतीकका रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि मेलाले स्थानीय पर्यटन र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।









