
आज २०८२ कार्तिक १६ गते, आइतवार
तिथि : कार्तिक शुक्लपक्ष द्वादशी
नक्षत्र : पूर्वभाद्रपदा १४स्०६ सम्म, त्यसपछि उत्तरभाद्रपदा
चन्द्रराशि : कुम्भ, बिहान ८स्१८ पछि मीन
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक अभाव महसुस भए पनि आवश्यक धन सहयोग वा कर्जामार्फत जुट्नेछ। विदेश भ्रमण वा अध्ययनका अवसर खोज्ने समय हो। अवसर पाउन केही दौडधुप गर्नुपर्ला, तर दोहोर्याएर गरेको प्रयत्न सफल हुनेछ। टाढाका साथीभाइको सहयोग पाइनेछ। खर्च बढ्ने संकेत छ, आलस्य त्याग्न आवश्यक छ। पछिका फाइदाका लागि केही त्याग गर्नुपर्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका प्रयासबाट राम्रो लाभ मिल्नेछ। कृषि, पशुपालन र व्यापारमा सफलता मिल्ने समय हो। चल–अचल सम्पत्तिको सदुपयोगबाट मनग्य फाइदा प्राप्त हुनेछ। दीर्घकालीन लाभ दिने काममा लगानी गर्न उपयुक्त समय हो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको मिहिनेतले भविष्यमा सम्मान र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। बुद्धिको प्रयोगले समस्या समाधान हुनेछ। यद्यपि वचन पालनमा ढिलाइ हुन सक्छ, जसले आलोचना निम्त्याउन सक्छ। ईर्ष्यालु व्यक्तिहरूबाट सावधान रहनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कम फाइदाका काममा अलमलिने सम्भावना छ। मेहनत गरे पनि सोचेको परिणाम तुरुन्त नआउन सक्छ। तर निरन्तर प्रयासले जिम्मेवारी बढ्नेछ। अरूका समस्यामा चासो देखाउँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ। आध्यात्मिक सोच बढ्ने र परोपकारी कार्यतर्फ आकर्षण हुने समय हो। धैर्य र लगनशीलताले काम सफल बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिले केही चुनौती पेश गर्न सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। जिम्मेवारी बढे पनि मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई सँगै लिएर अघि बढ्नु बुद्धिमानी हुनेछ। योजना पूर्ण नहुँदा पनि आंशिक सफलता मिल्नेछ। रोकिएका काममा प्रगति हुने संकेत छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो समयमा फाइदा कमाउने अवसर प्राप्त हुनेछ। अध्ययन, लेखन र मनोरञ्जनमा मन लाग्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या ल्याउन सक्छ। शुभचिन्तकहरूको सल्लाहलाई सम्मान गर्नुहोस्। पहिलेका कामबाट फाइदा निरन्तर हुनेछ। व्यापारमा ग्राहकहरूको मन जित्न सकिनेछ। प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ।
*तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका उपलब्धिले आत्मविश्वास बढाउनेछ। तर विवाद, ऋण र रोगप्रति सजग रहन आवश्यक छ। भविष्यका महत्वपूर्ण कार्यका लागि जग बसाउने अवसर छ। मिहिनेतले सफलता दिलाउनेछ, यद्यपि फजुल खर्चमा नियन्त्रण गर्नुपर्ला। कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा ढिलाइ भए पनि सुखद समाचार प्राप्त हुनेछ। अध्ययनप्रतिको रुचिले बौद्धिक क्षमतामा वृद्धि हुनेछ। मिहिनेतले प्रतिष्ठा र लाभ दुबै दिलाउनेछ। व्यापार, कृषि वा पशुपालनमा लाभदायक परिणाम आउनेछ। सन्तान वा अनुयायीको सहयोगले आत्मबल बढ्नेछ। विगतका कर्मको सकारात्मक फल प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको प्रक्रिया ठीक नमिल्दा केही दोहोर्याउनुपर्ला। ठूला व्यक्तिको सल्लाह असहज लाग्न सक्छ। कमजोर विकल्प अपनाउँदा अवसर गुम्न सक्छ। आज प्राप्त हुने धन भविष्यमा उपयोगी हुनेछ, त्यसैले खर्चमा संयम अपनाउनुहोस्। मिहिनेत र गोपनीयताले सफलता दिलाउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरू पछि हट्न सक्छन्, जसले काममा ढिलाइ ल्याउन सक्छ। नतिजा अपेक्षाकृत कमजोर भए पनि पुनः प्रयास गर्दा प्रगति हुनेछ। लगनशीलताले चुनौती सहज बनाउन सकिनेछ। व्यापारमा लाभ प्राप्त हुनेछ। प्रतिस्पर्धीभन्दा अघि बढ्ने मौका प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन र अनुसन्धानमा रुचि बढ्नेछ। वाक्कला र अभिव्यक्ति प्रभावशाली बन्नेछ। नयाँ अवसर र सहकार्यका प्रस्ताव आउन सक्छन्। आम्दानीका स्रोत बढ्नेछन्। दीर्घकालीन सम्झौताबाट लाभ हुने समय हो। बुद्धिको सही प्रयोगले धन, विद्या र सम्मान तीनै प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको सफलताले आत्मविश्वास बढाउनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। केही कठिन निर्णय लिनुपरे पनि परिणाम सकारात्मक रहनेछ। टाढिएका आफन्तसँग पुनः सम्बन्ध प्रगाढ बन्नेछ। भेटघाट, भोज–भतेरमा समय बित्नेछ। सहयोगी र शुभचिन्तकहरूको साथले महत्वपूर्ण लक्ष्य पूरा हुनेछ।









