मिति :२०८२ कार्तिक १५ गते
वार : शनिवार,
तिथि : कार्तिक शुक्लपक्ष एकादशी
नक्षत्र : शतभिषा नक्षत्र, १४ः४३ बजेदेखि पूर्वभाद्रपदा।
चन्द्रराशि : कुम्भ।
November 01, 2025

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आयआर्जन र व्यापारमा राम्रो फाइदा हुने संकेत छ।
मिहिनेत र धैर्यले सफलता दिलाउनेछ, कार्यव्यस्तता बढ्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको उचित मूल्यांकन र साझेदारीमा लाभ हुनेछ।
नयाँ अवसर आउँछ तर पुराना कामले व्यस्त राख्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्य र प्रयासको मेलले अवसर र सम्मान प्राप्त हुनेछ।
नाम, दाम र प्रतिष्ठा बढ्ने शुभ तथा प्रेरणादायी दिन।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गलत विश्वास र भावनामा बग्दा धोका पर्न सक्छ।
स्वास्थ्यमा समस्या र खर्च बढ्ने सम्भावना देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्र भेटघाट, रमाइलो यात्रा र मनप्रसन्न समय रहनेछ।
व्यापार, काम र अवसरमा उल्लेखनीय प्रगति सम्भव।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ला।
स्वास्थ्य र प्रतिस्पर्धीबाट सावधानी अपनाउनुहोस्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशेष अवसर र अध्ययनमा प्रगतिको संकेत छ।
गुरुजनको साथले प्रतिष्ठा र अधिकार बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आश्वासन र भ्रममा नपरी वास्तविकता बुझ्नुहोस्।
रोकिएका काम दोहोर्याएर धैर्यपूर्वक अघि बढ्नु लाभदायी।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक काम र सहयोगी भावनाबाट लाभ पाइन सक्छ।
छोटो फाइदा भए पनि दीर्घकालीन स्थायित्व सम्भव।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुखद समाचार र बोलीको प्रभावले सफलता ल्याउनेछ।
व्यापार, अध्ययन र सम्मानमा सकारात्मक परिवर्तन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवार र साथीभाइसँग रमाइलो भेटघाटको समय छ।
रचनात्मक कार्य र धनलाभका अवसर प्रशस्त छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च बढे पनि उपयोगी काममा लगानी फाइदाजनक।
सहयोगीहरू भेटिएर रोकिएका काम सम्पन्न हुनेछन्।