२०८२ मंसिर ७ गते (२३ नोभेम्बर २०२५) आइतवार,
मार्ग शुक्लपक्ष तृतीया तिथि, १७ः९४ बजेपछि चतुर्थी।
चन्द्रराशि धनु।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज बिस्तारै प्रयास सफल बन्दै जानेछन्। सामाजिक जिम्मेवारी पर्न सक्छ। तर भित्रभित्रै बाधा पुर्याउनेहरू सक्रिय हुने भएकाले केही योजनामा पछि हट्नुपर्ने अवस्था आउन सक्छ। हतार नगरी योजनालाई परिपक्व बनाएर मात्र अघि बढ्नु राम्रो हुन्छ। पुराना समस्या भने प्रयासले समाधान हुन सक्छन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मन परेका काम रोकिन सक्छन्, जसलाई पछि दोहोर्याउनै पर्ने हुन सक्छ। यात्रा कष्टकर हुने र स्वास्थ्य कमजोर रहने सम्भावना छ। औषधि–उपचारमा खर्च बढ्न सक्छ। सानो उपलब्धिका लागि धेरै मेहनत गर्नुपर्ने समय हो। लगनशीलताले अन्ततः फाइदा दिलाए पनि चुकलीले गोप्य कुरा बाहिरिन सक्छ, सतर्क रहनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको साथले उत्साह बढ्नेछ। आवश्यक साधन जुट्नाले जीवनशैलीमा सुधार आउनेछ। अतिथिको सम्मान पाउने मौका मिल्नेछ। खर्च भए पनि मनोरञ्जन र घुमफिरको समय हो। आम्दानी बढाउने कार्य सुरु हुन सक्छ। प्रेम र मित्रता सुदृढ हुनेछ। व्यवसायका कारण रमाइलो यात्रा पनि हुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

चुनौतीहरू हुने भए पनि साहसले लक्ष्य नजिक पुर्याउनेछ। ईर्ष्या गर्नेहरू आफैं पछि पर्नेछन्। कठिनाइ हटाएर अधिकार जमाउने अवसर छ। दीर्घकालीन फाइदा हुने कार्यमा जग बसाउने राम्रो समय हो। रोग र शत्रुमाथि विजय मिल्नेछ। प्रतिस्पर्धामा पनि सफलता प्राप्त हुनेछ। पेसा–व्यवसायमा उल्लेखनीय लाभ मिल्ने संकेत छन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अवसरसँगै चुनौती पनि उभिनेछन्। आगन्तुकहरूको उपस्थितिले व्यस्तता बढाउनेछ। खानपानमा लापरवाहीले स्वास्थ्यमा असर पर्न सक्छ। परिस्थिति अनुकूल देखिए पनि काम बिग्रने डर रहन सक्छ। अध्ययनका लागि समय कम मिल्नेछ। फाइदा लिन कडा मेहनत गर्नुपर्नेछ। रोकिएका काम पुनः प्रयास गरेपछि मात्र बन्नेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कार्य प्रक्रियामा त्रुटि हुँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। हिस्सेदारसँग मतभेद बढ्न सक्छ। पुराना निर्णय फेरि समीक्षा गर्नुपर्ने समय छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नु राम्रो हुन्छ। कृषि तथा पशुपालनबाट उल्लेखनीय फाइदा मिल्नेछ। विगतका कर्मको राम्रो प्रतिफल पाइनेछ। व्यवसायमा लाभदायक परिणाम आउनेछन्। नयाँ अवसरहरू पनि हातलागी हुनेछन्।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कर्मले नयाँ मोड लिनेछ। उद्योग तथा व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतको उचित प्रतिफल पाउनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीहरू पछि हट्नेछन्। वरिष्ठ र सहयोगी व्यक्तिहरूको साथले लक्ष्य नजिक पुग्नेछ। नाम, दाम र सम्मान हासिल गर्ने राम्रो समय हो।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समयमै हक दाबी नगर्दा लाभ कम मिल्न सक्छ। आत्तिएर बोलेको कुरा गलत बुझिन सक्छ। हातमा आएको रकम अरूकै काममा खर्चिनुपर्ने हुन सक्छ। अरूको भर पर्ने बानीले आफ्नै कार्य अधुरो रहनेछ। शुभचिन्तकको भावना बुझेर अघि बढ्नु राम्रो हुन्छ। धेरै मेहनतपछि मात्र मनोब्लोक काम पूरा हुनेछ। बोलीको प्रभाव कमजोर रहन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लगनशीलताले ढिलो भए पनि परिणाम दिनेछ। गरिएको प्रयास अन्ततः सफल हुनेछ। बलभन्दा बुद्धिको प्रयोग गर्दा फाइदा हुनेछ। पेटसम्बन्धी समस्या हुन सक्छ, स्वास्थ्यमा ध्यान दिनुहोस्। व्यवसायमा अलमल पैदा हुन सक्छ। ईर्ष्या गर्नेहरूबाट बाधा आउन सक्छ। दूसराको भर पर्नुभन्दा आफ्नै प्रयासमा काम गर्नु उचित हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अर्थको कमीले केही काम रोकिन सक्छ। कमजोरी सच्याउन काम फेरि गर्नु पर्ने हुन सक्छ। भविष्यका लागि केही त्याग गर्नुपर्ने समय छ। व्यवसायमा अतिरिक्त लगानी आवश्यक पर्न सक्छ। खर्च व्यवस्थापन गर्न आफन्तबाट टाढिनुपर्न सक्छ। लेनदेनमा धन बाहिरिन सक्छ। धेरै लगानी गरे पनि फाइदा कमै हुने संकेत छन्। आलोचकहरू सक्रिय हुनेछन्, सहयोगी भने कमै भेटिन सक्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

श्रमको मूल्यांकन हुनेछ र लामो समयदेखि राेकिएका काम पूरा हुन सक्छन्। आफ्नै क्षेत्रमा राम्रो प्रभाव जमाउने मौका छ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुने समय हो। सामाजिक दायित्व बढ्नेछ। जमीन, वाहन वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

क्रममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्यको अवसर मिल्नेछ। दीर्घकालीन फाइदा दिने काम सुरु हुन सक्छ। विशेष भेटघाटले उत्साह बढ्नेछ। मिहिनेतको कदर भई नाम, दाम र सम्मान प्राप्त हुनेछ। धेरैलाई सहयोग पुर्‍याउने अवसर मिल्नेछ। सामाजिक जिम्मेवारीसहित नेतृत्व पाउने सम्भावना पनि छ।