लालबन्दी, मंसिर – ६ गते । सर्लाहीको लालबन्दी–९ मा रहेको जनज्योति बहुमुखी क्याम्पसको २६ औँ वार्षिकोत्सव एवम् क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीको अध्यक्षता, मधेश प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री बेची लुंगेलीको प्रमुख आतिथ्यता तथा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीको विशिष्ट आतिथ्यतामा शनिवार कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिकोत्सव एवम् क्याम्पस सभाले विभिन्न प्रतिवेदन तथा नियमावली पारित गरेको क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार सभाबाट आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८२÷८३ को बजेट, (जनज्योति जर्नल) भाग–३ तथा शिक्षक–कर्मचारी नियमावली पारित गरिएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीले क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (ग्न्ऋ) बाट क्यूएए प्राप्त गरिसकेकाले त्यसलाई निरन्तरता दिने प्रयास भइरहेको बताए । उनले अग्रजको मेहनत र योगदानका कारण क्याम्पस आजको अवस्थामा पुगेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पु¥याउन क्याम्पस प्रतिबद्ध रहेको बताए। साथै शिक्षाको गुणस्तर सुधार र विद्यार्थीको सुविधालाई ध्यानमा राखी क्याम्पसमा नयाँ विषय थप गरी विद्यार्थीमैत्री बनाउन लागिएको बताए ।


त्यस्तै क्याम्पसका पूर्वअध्यक्ष तथा संरक्षकसमेत रहेका लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीले अभिभावकको साथ–सहयोगका कारण क्याम्पस यहाँसम्म आइपुगेको उल्लेख गर्दै यहाँका विद्यार्थीहरूले आफ्नै घरको रुखो–सुखो खाएर भए पनि उच्च शिक्षा हासिल गर्न पाएकोमा खुसि लागेको बताए ।


कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बेची लुंगेलीले जनज्योति बहुमुखी क्याम्पस यस क्षेत्रकै लोकप्रिय शैक्षिक संस्था रहेको उल्लेख गर्दै क्याम्पसको विकासका लागि आफ्नो सधैं सहयोग रहने प्रतिवद्धता जनाइन ्।
कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका नेताहरू तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष कमल पौडेलले स्वागत मन्तव्य राखेका थिए। २६औँ वार्षिकोत्सवको अवसरमा शनिवार साँझ क्याम्पस परिसरमा दीप प्रज्वलनसमेत गरिएको व्यवस्थापन समितिका सदस्य योगराज देवकोटा (युवराज) ले जानकारी दिए ।