मिति २०८२ मंसिर २ गते (१८ नोभेम्बर २०२५) मंगलवार
तिथि : मार्ग कृष्णपक्ष त्रयोदशी , ७ः०८ बजेपछि चतुर्दशी
नक्षत्र : स्वाती
चन्द्रराशि : तुला
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको वातावरण रमाइलो रहनेछ र सानाे प्रयत्नमै राम्रो लाभ उठाउन सकिने संकेत छन्। आकर्षक पहिरनले व्यक्तित्व निखारिनेछ। प्रेम तथा मित्रताको सम्बन्ध अझ बलियो बन्छ। विशेष उपहार वा शुभ समाचारले उत्साह थपिनेछ। घर–परिवारको साथ र प्रोत्साहनले नयाँ कामतर्फ आकर्षित भइनेछ। अनावश्यक विवाद छलफलबाट टाढै बस्नु ठीक हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यमा सुधार र कामप्रति जोश बढ़्नेछ। पहल र परिश्रमले समाजमा आफ्नो स्थान मजबुत बनाउन सकिनेछ। चुनौतीहरू हट्दै जानेछन् र योजनाहरू सफलतापूर्वक अघि बढ्नेछन्। व्यापार तथा आर्थिक प्रयासहरू लाभप्रद रहनेछन्। आवश्यक साधन–सामग्री जुट्नाले दिगो काम सुरु गर्न प्रेरणा मिल्नेछ। प्रतिद्वन्द्वीहरूको प्रभाव कम हुनेछ र प्रतिस्पर्धामा पनि जीत हुने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अनुकूल परिस्थिति नबन्दा केही योजनाहरू रोकिन सक्छन्। सुनेका कुराहरूमा भरोसा गर्दा निराशा हुन सक्छ। आफ्नै मेहनतबाट अरूले फाइदा उठाउन खोज्ने सम्भावना छ। स्वास्थ्य वा मानसिक चिन्ता सताउन सक्छ। अध्ययनमा ध्यान केन्द्रित गर्न कठिनाई महसुस हुन सक्छ। नयाँ काममा हतार नगर्नु नै उत्तम हुनेछ। गुरुजन वा सन्तानको सहयोगले केही राहत मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हतारमा लिएको निर्णयले समस्या निम्त्याउन सक्छ, त्यसैले व्यवहारमा सावधानी आवश्यक छ। अनावश्यक सम्बन्ध वा प्रस्तावबाट सजग रहनुहोला। घर–परिवारमा सामान्य मतभेदका कारण काममा अवरोध आउन सक्छ। महत्त्वपूर्ण निर्णय लिने बेला दुविधा बढ्न सक्छ। बिना विचार वचन दिनु हानिकारक हुन सक्छ। योजनाहरू केही समय गोप्य राख्नु राम्रो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज प्रयत्न गर्दा असम्भव लागेका काम पनि सफल हुन सक्छन्। कम समयमा राम्रो उपलब्धि हात पारिने सम्भावना छ। स्रोत–साधन जुटेर गरेका कर्मको उत्कृष्ट प्रतिफल प्राप्त हुनेछ। नाफा तथा लाभांश बढ्न सक्छ। रोकिएका कामहरू बन्नेछ र नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ। व्यापार–व्यवसायमा विशेष लाभ देखिन्छ। प्रतिस्पर्धीहरू सजिलै परास्त हुनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूले प्रतीक्षामा बस्दा काम अधुरो रहने छ। आफ्ना कमजोरीमाथि आलोचना सुनिन सक्छ, त्यसैले व्यवहारमा सावधानी अपनाउनुहोस्। अवसर भेटिए पनि समयको सदुपयोग नहुनाले पछि पर्न सकिन्छ। अध्ययनमा पर्याप्त समय दिन कठिन हुन सक्छ। शुभेच्छुकहरूको भावना बुझेर अघि बढ्नु राम्रो हुन्छ। खर्च बढ्नेछ, र खर्चिला काम थाल्दा आर्थिक दबाब पनि आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरसँगै चुनौतीहरू पनि देखापर्नेछन्। सहयोगको नाममा अरूले कमजोरीको फाइदा उठाउन सक्ने सम्भावना छ। आवेग वा असन्तुलित व्यवहारले समस्या निम्त्याउन सक्छ। अरूका लागि समय खर्चिनुपर्ने देखिन्छ। नयाँ काम सुरु गर्न केही समय प्रतीक्षा गर्नु उपयुक्त हुनेछ। सानो सतर्कताले राम्रो लाभ प्राप्त हुने स्रोत पहिचान हुन सक्छ। केही काम दोहोर्याउनुपर्ने परिस्थितिसमेत आउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय व्यवस्थापनमा ध्यान नदिँदा काममा पछि पर्न सकिन्छ। आकस्मिक खर्चले तनाव बढाउन सक्छ। आवश्यक समय दिन नसक्दा बनेर–बन्न लागेको काम पनि रोकिन सक्छ। व्यापारमा थप लगानी गर्नु पर्ने हुन सक्छ। तत्काल प्राप्त फाइदाले भविष्यमा हानि गराउन सक्छ, त्यसैले सोचविचार आवश्यक छ। नजिकका व्यक्तिबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिश्रमको उत्कृष्ट नतिजा प्राप्त हुनेछ। प्रशंसनीय कामहरू सम्पन्न भई मनग्गे धन आर्जन गर्न सकिनेछ। लामाे समयदेखि प्रतीक्षा गरिएको नतिजा हात लागेर उत्साह बढ्नेछ। थोरै लगानीबाट नै राम्रो नाफा प्राप्त हुनेछ। नयाँ भौतिक स्रोत जुट्नेछन् र दिगो काम सुरु गर्न उचित समय छ। आम्दानीका नयाँ माध्यमहरू भेटिन सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुराना कामको प्रशंसा हुनेछ र नयाँ अवसर पनि आउनेछन्। विशेष व्यक्तिहरूसँगको भेटघाटले आत्मविश्वास बढ्नेछ। आफ्नो क्षेत्र वा कार्यक्षेत्रमा प्रभाव जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने मौका प्राप्त हुन सक्छ। साथीभाइको सहयोगले ठूलो हिम्मत प्राप्त हुनेछ। मेहनतका आधारमा नाम, दाम र इनाम तीनै प्राप्त हुने संकेत छन्। जग्गा–जमिन, सवारी वा पारिवारिक सम्पत्तिबाट लाभ मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जिम्मेवारी त पाइनेछ, तर प्रतिफलका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा थकान वा कमजोरी महसुस हुन सक्छ। लगनशील भएर काम गरे पनि ढिलो हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान आवश्यक छ। पुराना समस्या पुनः देखा पर्न सक्छन्, जसले अलमल बढाउन सक्छ। समयको तालमेल नमिल्दा योजना पूरा हुन कठिन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लक्ष्यसम्म पुग्न धेरै संघर्ष गर्नुपर्दछ। गोप्य कुरा बाहिरिनाले असजिलो परिस्थिति सिर्जना हुन सक्छ। समयमा काम पूरा नहुँदा मन खिन्न बन्न सक्छ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान दिनु आवश्यक छ। खर्च बढ्न सक्छ। अपेक्षित नतिजाका लागि काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समस्या आए पनि सहयोगीहरूले साथ दिनेछन्। अन्त्यमा अपत्यारिलो कामबाट पनि राम्रो लाभ प्राप्त हुनेछ।









