लालबन्दी, मंसिर १ । लालबन्दी नगरपालिका–७ की चेली अन्जना शिवाकोटी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को महासचिवको जिम्मेवारी पाउन सफ भएकी छन्।नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघको केन्द्रिय सचिव अन्तरास्ट्रिय खेलाडी,अन्तरास्ट्रिय प्रशिक्षक,अन्तरास्ट्रिय रेफ्री समेत रहेकी अन्जना अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बैठकबाट महासचिव चयन भएकी हुन ।

सोमवार सम्पन्न संगठनको पदाधिकारी बैठकले उपाध्यक्षको भूमिकामा सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएकी शिवाकोटीलाई महासचिवमा मनोनयन गरेको हो । अध्यक्ष डा. सुजन कडरियाले दिएको राजिनामालाई स्वीकृति गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष बनाइएपछि खाली भएको पदमा शिवाकोटीलाई जिम्मेवारी दिइएको बताइएको छ ।


राजनीतिक क्षेत्रमा सक्रिय शिवाकोटीको विद्यार्थी आन्दोलनदेखि खेलकुदमासमेत समान योगदान छ । उनी अनेरास्ववियुको विद्यार्थी राजनीति र आईटीएफ तेक्वान्दो दुवै क्षेत्रमा लामो समय देखि क्रियाशील रहेकी थिइन ।