![]()
काठमाडौं,असार -२५, नेपाल उद्योग परिसंघ (सीएनआई) को २२औं वार्षिक साधारण सभाले वीरेन्द्रराज पाण्डेलाई नयाँ अध्यक्षमा चयन गरेको छ। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे स्वतः अध्यक्षमा पदोन्नती भएका हुन्।
उनी नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन्। पाण्डे सिभिल इन्जिनियरिङ, आवास, शहरी विकास, सडक तथा पुल निर्माण, जलस्रोत व्यवस्थापन तथा संरचनात्मक प्रबलीकरणमा दख्खल राख्छन्। साथै, हरित निर्माण सामग्री, कृषि तथा शिक्षा क्षेत्रमा पनि उनी सक्रिय छन्।
पाण्डे २०७५ सालदेखि परिसंघको उपाध्यक्ष थिए। एक दशकभन्दा बढी समयदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसहित विभिन्न समितिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

बुधवार राजधानीमा सम्पन्न वार्षिक साधारण सभामा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको सपथ गराउँदै पदभार हस्तान्तरण गरे।
सभाले राष्ट्रिय परिषद् सदस्यसमेत चयन गरेको छ। परिसंघको राष्ट्रिय परिषद् सदस्यमा ध्रुव रिजाल,गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्ता निर्वाचित भएका छन् ।
यसैगरी सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशिष गर्ग, सेवा पाठक निर्वाचित भएका छन् । यस्तै गोकुल भण्डारी, बसन्त बहादुर चन्द, चन्द्र टण्डन निर्वाचित भए।

यसैगरी कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशबाट अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद् सदस्य चयन भएका छन् ।
यस्तै मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे, नवलपुर उद्योग संघका अध्यक्ष केबी राना, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा र पोखरा औद्योगिक क्षेत्र उद्योग संघबाट रुद्र श्रेष्ठ पदेन राष्ट्रिय परिषद सदस्य चयन भएका छन् ।
निर्वाचित परिषद् सदस्यहरुबाट सर्वसम्मत रूपमा ७ जना उपाध्यक्ष चयन गरिएका छन्।
वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन्। अन्य उपाध्यक्षमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी छन्।
त्यस्तै, सन्दिप शारडा, विदूषी राणा र प्राची अग्रवाललाई स्थायी आमन्त्रित सदस्यमा मनोनित गरिएको छ।
अध्यक्ष पाण्डेको यस्तो छ ,प्रतिबद्धता :
नवनिर्वाचित अध्यक्ष पाण्डेले पदभार ग्रहण गर्दै परिसंघका उपलब्धिहरूलाई संस्थागत गर्दै परिसंघलाई नयाँ उचाइमा पुर्याउन सक्रिय भूमिका खेल्ने प्रतिवद्धता जनाए।

सम्मान तथा अवार्ड वितरण
मंगलवार सम्पन्न उद्घाटन समारोहमा सीएनआई प्रेसिडेन्ट अवार्डबाट परिसंघका पूर्वअध्यक्ष शतिस कुमार मोरलाई सम्मान गरिएको थियो।
त्यस अवसरमा निर्यातमा योगदान दिने विभिन्न उद्योग र कम्पनीलाई समेत सम्मान गरियो:
साफ्टा अन्तर्गत: आर.एम.सी. फुडस् प्रा.लि., गणपति वनस्पति लिमिटेड, नारायणी वेल रिफाइनरी उद्योग ।
तेस्रो मुलुक निर्यात: नेपाल एक्सप्रेस पार्सल एण्ड लजिस्टिक, एसेन्ट एक्सपोर्ट्स, स्मुथ कार्गो मुभर्स ।
इन्डो-नेपाल व्यापार: आरती स्ट्रीप्स, रिलायन्स स्पिनिङ मिल्स, शिवम् प्लास्टिक इन्डस्ट्रीज ।
साथै, सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्य मा गोपाल अग्रवाल, सबैभन्दा सक्रिय समिति मा सूचना प्रविधि परिषद्, सबैभन्दा सक्रिय प्रदेश परिसंघ मा बागमती उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारी मा निर्देशक हिमाल पौडेल सम्मानित भए।
सम्मान तथा अवार्डहरू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रदान गरेका थिए।









