![]()
सर्लाही, असार –१८, मधेश प्रदेश सरकारका गृह, संचार तथा कानून मन्त्रीराजकुमार लेखीले पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि र समुन्नतिका लागिआगामी आर्थिक वर्षको बजेटमा विशेष कार्यक्रमहरू समावेश गरिएको बताएकाछन्।
सदरमुकाम मलंगवामा बुधवार पत्रकार आचारसंहिता पालनासम्बन्धी अन्तरक्रियाकार्यक्रममा बोल्दै मन्त्री लेखीले यस्तो बताएका हुन ।

“स्वतन्त्र,मर्यादित र उत्तरदायी पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो,” मन्त्रीलेखीले भने, “पत्रकारहरूका समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ।”प्रेस काउन्सिल मधेश प्रदेशको आयोजनामा आयोजित उक्त कार्यक्रममा सर्लाहीजिल्लाका संचारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रम काउन्सिलका अध्यक्ष सुरेश यादवको अध्यक्षतामा तथा मधेश प्रदेशसरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामासम्पन्न भएको हो ।

काउन्सिलकी सदस्य बन्दना झाले आफुसहितका नयाँ पदाधिकारीले काउन्सिलमापदभार ग्रहण गरेपछि चालुआर्थिक वर्षमा पहिलोपटक पत्रकार आचारसंहितापालनाका विषयमा सर्लाहीमा कार्यक्रम भएको जानकारी दिइन्।कार्यक्रममा प्रदेशसभा सदस्य जंगिलाल राय, मलंगवा नगरपालिकाकी उपमेयरशकुन्तला देवी साह, आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जीतेन्द्रखड्गा, चलचित्र तथा लोक संचार प्रवद्र्धन बोर्ड मधेश प्रदेशका अध्यक्षकिशोरकुमार लेखी, नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साह, मिडियाकाउन्सिल मधेश प्रदेशका प्रशासकीय प्रमुख टेकबिक्रम साह, नेपाल पत्रकारमहासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरलगायतको सहभगिता रहेको थियो।

सञ्चार क्षेत्रका सरोकारवालाबीच गहन छलफल भएको उक्त कार्यक्रममा पत्रकारआचारसंहिता पालनाको आवश्यकता, चुनौती र समाधानका उपायहरूबारे वछलफलगरिएको थियो। कार्यक्रमको सञ्चालन महासंघ सर्लाहीका सचिव सोम दियालीलेगरेका थिए ।









