सर्लाही, असार- १२, युनेस्कोको क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।
युनेस्कोका  निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालयद्वारा आयोजित कार्यक्रमको समापन आज समापन गरिएको  हो। कार्यक्रम युनेस्कोका सह–महासचिव रामेश्वर प्रसाद यादवको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


समापन समारोहमा प्रमुख अतिथि सिंहले सर्लाहीलाई ‘साक्षर जिल्ला’ बनाउन युनेस्कोको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सह–महासचिव यादवसँग सहयोगको आग्रह गरे।
सह–महासचिव यादवले कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरूलाई आफ्ना विद्यालयमा पनि सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न आग्रह गरे। उनले यस्ता कार्यक्रमले मनोबल र आत्मबल अभिवृद्धिमा सहयोग पुग्ने र आगामी योजना निर्माणमा समेत सहजता ल्याउने धारणा व्यक्त गरे।


कार्यक्रममा नेपाल राष्ट्रिय आयोगका सदस्य कामलेश्वर सिन्हा र जितेन्द्र प्रसाद सिंहकाे सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल जिल्लामा क्रियाशील  पत्रकार , शिक्षक, विद्यार्थी काे सहभागिता रहेको थियो ।


पारदर्शिता सुनिश्चित गर्न,युवाहरूलाई वैज्ञानिक सोच र समावेशी संवादतर्फ प्रेरित गर्नु सार्वजनिक सुनुवाइ कार्यक्रम उद्देश रहेको  आयाेजकले जनाएको छ ।