सर्लाही, जेठ- २१, जिल्लाको बागमती नगरपालिका–८ स्थित सडकखण्डमा ट्याक्टरको ठक्करबाट गए राति एक ४ वर्षीय बालिकाको मृत्यु भएको छ।
बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ना.२ त. २८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय सागर बिष्टकी छोरी प्रनिषा बिष्ट गम्भीर घाइते भएकी थिइन् ।


दुर्घटना अन्दाजी साँझ ६:४५ बजेतिर भएको प्रहरीले जनाइएको छ। बालिकाको घाँटी र शरीरमा गम्भीर चोट लागेपछि तत्काल उपचारका लागि दयन्ति अस्पताल, नयाँरोड लगिएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि बिरगंजस्थित बयोधा अस्पताल लगिएको थियो ।


बयोधा अस्पतालमा उपचारको क्रममा राति साढे ८ बजे बालिकाको मृत भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । बालिकाको शव सोही अस्पतालमा राखिएको छ।
घटनास्थलमा अस्थायी प्रहरी चौकी सोल्टीबाट प्रहरी निरीक्षक दिनेश दासको कमाण्डमा ४ जना र इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक राजकुमार पटेलको कमाण्डमा ७ जनाको टोली परिचालन गरिएको थियो।


ट्याक्टर र चालक स्थानीय अन्दाजी १८ वर्षीय मन्जित रिजाल अस्थायी प्रहरीले पाेष्ट सोल्टीकाे नियन्त्रणमा, रहेका छन्। टनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।