सर्लाही ,जेठ -२२, जिल्लाकाे चन्द्रनगर,हरिपुर,हरिवन,लालबन्दी   नगरपालिका लगायतका विभिन्न संघसंस्थाले वृक्षारोपण गरि बिहिवार विश्व वातावरण दिवस मनाएका छन् ।
दिवसको अवसरमा चन्द्रनगर गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र  विभिन्न जातका बिरूवाहरू राेपिएकाे चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महताेले जानकारी दिए ।


अध्यक्ष महताेका अनुसार आर्थिक वर्ष २०८१/०८२२०८२/०८३  विभिन्न मोडेलमा ८३ हजार ३ सय ४० सोहजनका बिरुवा १ हजार १०० वर्ष भरी फुुल्ने फुल र १ हजार १०० स्थानीय रैथाने लोपउन्मूख तथा नवनितम प्रजातीको वृक्ष सहित ८५ हजार ५ सय ४० वृक्षारोपन  गर्ने लक्ष्य लिएको छ ।
यता हरिपुरमा नगरपालिका मेयर गोपाल पजियारको प्रमुख आतिथ्य तथा वडा नम्बर ७ का अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा वृक्षारोपण गरिएको  हो।


वृक्षारोपण कार्यक्रम हरिपुर  नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल ,स्वास्थ्य संयोजक रामनरेश ठाकुर डिभिजन वन कार्यालय सर्लाही प्रतिनिधि स्थानीय युवा कल्व प्रतिनिधि तथा स्थानीय ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
त्यसैगरी हरिपुरको महावीर बहुमुखी क्याम्पसका विद्यार्थीले पनी वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाएका क्याम्पस प्रमुख मधुकर भण्डारीले जानकारी दिए ।


दिवसकै अवसरमा जिल्ला ट्राफिक कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा  प्रभातफेरि  लगायत  विविध कार्यक्रम गरेको थियो ।
नेपाल सरकारले यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारा तय गरेको छ । विश्व वातावरण प्रत्येक वर्ष ५ जुनमा मनाइने गरिन्छ ।