![]()
सर्लाही,जेठ -११, जिल्लाकाे बसवरिया गाउँपालिका वडा नम्बर- ६ मनटोलमा ट्रयाक्टरकाे ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ ।
ईलाका प्रहरी कार्यालय हिरापुरका अनुसार आज दिउँसो सवा एक बजेकाे समयमा ट्रयाक्टरकाे ठक्करबाट अन्दाजी ६५ वर्षीय वृद्धा अमिरी पासवानकाे मृत्यु भएको हाे ।

पासवानकाे आफ्नै घरको आंगनमा माटो पुर्ने क्रममा ज.१ त.९५६४ नम्बरको ट्रयाक्टरमा जडान गरेको टेलारीले पछाडीको बाँया पट्टिको भाग ब्याक गर्ने क्रममा ठक्क दिदा टाउकोमा चोट लागी घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रयाक्टर घटना स्थलमा सुरक्षित साथ राखिएको र ट्रयाक्टर चालक फरार रहेकाले खाेजतलास भइरहेको ईलाका प्रहरी कार्यालय हिरापुरले जनाएको छ।










