सर्लाही,जेठ – ११, प्रहरीले  जिल्लाकाे बागमती नगरपालिका – १२ स्थित  चेकपोष्टबाट झण्डै ५० लाख मूल्य बराबरको अवैध समानसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले आज बिहान सवा नाैबजे  शङ्कास्पद समानसहित बुटवलबाट विराटनगरका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९४६० नम्वरको ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार ट्रकबाट जिरा पाउडर, कस्मेटिक, टायर, हेल्मेट, मोटर पार्टस्, ब्याट्री, औषधि, मेसिन, हार्डवेयर र किचेनका समान बरामद गरिएको छ।

डिएसपी राईका अनुसार बरामद गरिएको सामान ४७ लाख ९७ हजार ५०१ रुपियाँ बराबरको छ । समान र ट्रक आजै  राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुुझाइएको छ ।

समानको प्रज्ञापन पत्र नभएको र कतिपय समानको भ्याटबिल समेत नभएकाले बरामद गरिएको सर्लाही प्रहरीले जनाएको छ।