सर्लाही ,जेठ -१०, जिल्लाकाे लालबन्दी जेसीजले आफ्नो स्थापना दिवशको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम गरेको छ ।


कार्यकारिणी उपाध्यक्ष जेसी रामेश्वर महतोको संयोजकत्व र वर्ष -२०२५ की अध्यक्ष जेसी सुनिता खरेल ( थपलिया )को अध्यक्षतामा सम्पन्न कार्यक्रमको आज विहान लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले उद्घाटन गरेका हुन ।


लालबन्दी जेसीजका पुर्व अध्यक्ष जेसी ठाकुर प्रसाद बख्रेल (मनोज )लाई  रक्त झोला हस्तान्तरण गरी सुरु भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा लालबन्दी  जेसीजका पुर्व अध्यक्ष जेसी श्यामकुमार खड्का , जेसी सन्तोष पौडेल ,निवर्तमान अध्यक्ष जेसी  उपेन्द्र महतो , संस्थापक अध्यक्ष जेसी किरण घिमिरे , लाइन्स क्लब अफ लालबन्दी सिटिका अध्यक्ष दिपक थापा , रक्त संचार केन्द्र जनकपुरका प्रयोगशाला प्रमुख नारायण न्यौपाने , नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपसाखा प्रमुख ध्रुब घिमिरे ,जनज्योती बहुमुखी क्याम्पसका उपाध्यक्ष कमल प्रसाद पौडेल , लालबन्दी उधोग वाणिज्य संघ लालबन्दीका संस्थापक अध्यक्ष देविबन्धु थापा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरिक्षक वीरेन्द्र  सिंह जुहारी लगायतको उपस्थिति रहेको थियो ।
शनिवार साँझसम्म चलेको रक्तदान कार्यक्रममा ८४ जना रक्तदाताले रक्तदान गरेका लालबन्दी जेसीजका महासचिव कोमल प्रसाद गौतमले जानकारी दिए।