सर्लाही,जेठ -१०, जिल्लाकाे बागमति नगरपालिका वडा नम्बर – १ पानीपानीटयाङ्की चोकस्थित पुर्व पश्चिम राजमार्गमा आज विहान सवा १० बजेको समयमा टिपरकाे ठक्करबाट एक युवकको मृत्यु भएको छ ।    मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नम्बर -१०, का अफाक हुसेनको छोरा अन्दाजी २१ को मोहमद कैफ मिकरानी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।


बागमतीबाट हरिवन तर्फ जादै ना ७ ख ६३९१ नम्बरको बालुवा लोड गरेको टिपरले बिपरित दिशा तर्फबाट आउँदै गरेको बा ६६ प ८४६० नम्बरको माेटरसाइकललाई ठक्कर दिँदा मोहमद कैफ मिकरानीको टाउको नाक, खुट्टा र शरीरको विभिन्ना भागमा चोट, अवस्था गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते मिकरानीलाई उपचारका लागि LS न्यूरो बारामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
अर्का घाइते मलंगवा नगरपालिका वडा नम्बर – १०, का बिजय यादवको छोरा अन्दाजी २४ वर्षीय सुमित कुमार यादवको टाउको दुबै खुट्टा, शरीरको विभिन्न भागमा चोट लागि घाइते भएका छन् ।

घाईते सुमित यादव काे पनि LS न्यूरो बारामा अस्पतालमा नै उपचार भईरहेको, अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर र चालक बागमती नगरपालिका वडा नम्बर -१२ का अन्दाजी – ३४ वर्षीय उदव मोक्तान र माेटरसाईकल नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।