![]()
सर्लाही,जेठ -१०,जिल्लाको लालबन्दीमा सञ्चालन गरिएको फोटो पत्रकारिता तालिमकाे आज शनिवार एक कार्यक्रमकाबीच सम्पन्न सम्पन्न गरिएको छ ।
लालबन्दी नगरपालिकाको आर्थिक सहयोग तथा सगरमाथा नेपाल लालबन्दी-७ को आयोजना जेष्ठ १ गते देखि सुरु भएको तालिम आज सम्पन्न गरिएको हाे ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीले लालबन्दी नगरपालिकाले चाडैं नै सञ्चार निति ल्याउने बताए ।
नगर भित्रका पत्रकार तथा मिडिया हाउसलाई सहजीकरण गर्नका लागि सञ्चार नितिले सहयोग पुर्याउने नगर प्रमुख अधिकारीकाे बिश्वास छ ।

उनलेे काठमाडौं विश्वविद्यालय विस्तारिकरणका लागि प्रयास भइरहेको बताए । नगर प्रमुख अधिकारीले आफूले नगरको बिकास लागि इमानदारीपूर्वक कार्य गरिएको बताउँदै ,सञ्चार
जगतलाई तथ्यकाे उजागर गरि सहयोग गरिदिन आग्रह गरे ।
१० दिने तालिममा फोटो पत्रकारिताको महत्त्व, आचारसंहिता, फोटोले समाजमा ल्याउने परिवर्तन लगायतका विषयमा प्रशिक्षण गरिएको थियो।
समापन कार्यक्रममा मलंगवाबाट प्रकाशित लोकतन्त्र दैनिक पत्रिकाका सञ्चालक बख्तियार अलि र लालबन्दीबाट प्रकाशित पत्रिका सर्लाही अवाज साप्ताहिकका सञ्चालक गोमा कुमारी खतिवडालाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियोे । प्रशंसा पत्र प्रमुख अतिथि लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर तालिमका प्रमुख प्रशिक्षक देवराज पन्त नेपाल प्रेश युनियनका अध्यक्ष कृष्ण थपलीया,सचिव सोम दियाली,लगायतका वक्ताले मनतव्य राखेका थिए ।









