सर्लाही,जेठ -८, जिल्ला सदरमुकाम मलंगवामा भारतीय कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नम्बर -३ बस्ने ७० वर्षीया हसीना खातुन रहेकी छिन् ।


प्रहरीका अनुसार आज मलंगवा नगरपालिका वडा नम्बर -८, कुशुम पार्टी प्यालेस अगाडी भित्री सडकखण्डमा गोरखकालीबाट मलंगवा तर्फ आउँदै गरेको BR 06 AE 9668 नम्बरको कारले सोही दिशा तर्फ जाँदै गरेकी पैदल यात्री खातुनलाई ठक्कर दिँदा दाहिने कुममा चोट लागि गम्भीर घाईते भएकी थिइन् ।


खातुनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

ठक्कर दिने कार र चालक मलंगवा नगरपालिका -८ बस्ने बस्ने ३० वर्षीय अमित गुप्ता प्रहरीको नियन्त्रणमा रहेका छन् ।