सर्लाही,जेठ –६, जिल्लाको बागमती नगरपालिका–२, जिरायतमा दुई मोटरसाइकल जुधेर भएको दुर्घटनामा  दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।
पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेकाे  प्रदेश–३–०२–००६ प ७८६८ र बा। ५६ प ५२६ नम्वरको मोटरसाइकल मंगलवार  अपरान्ह ४ बजेतिर जुध्दा दुवै मोटरसाइकल चालकको मृत्युु भएको हो ।


इलाका प्रहरी कार्यालय हरिवनका अनुसार दुर्घटनामा प्रदेश–३–०२–००६ प ७८६८ नम्वरको मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका २३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धर र  बा.५६ प ५२६ नम्वरको मोटरसाइकल चालक रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र को मृत्युु भएको हाे।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकलका चालकलाई प्रहरीले उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल रौतहट लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।


दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल पछाडि बसेका  भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साह घाइते भएका छन् ।


उनीहरुलाई बागमती मोडेल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्जतर्फ रेफर गरिएको छ । तीव्र गतिका कारण मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुमान छ । यश सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।