सर्लाही, जेठ-६ ,जिल्लाको दक्षिण पश्चिमी क्षेत्र बलरामा करेन्ट लागेर एक जना पुरहितको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गोडैता नगरपालिका २ का ७० वर्षीय पुरहित महादेव महतो रहेका छन् ।

उनी बलरा नगरपालिका -५ महतो टोलका बिजय महतोको घरमा पुजा गराउन गएका महतोलाई मोटर जडान भएको चापाकलमा पानी खानेक्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।


करेन्ट लागेर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन।


मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंवामा नै राखिएको प्रहरीले जनाएको छ ।