![]()
सर्लाही,जेठ-५,जिल्लाको लालबन्दी नगरपालिका १७ रानिगन्ज घिमिरे चोकमा साेमवार (आज) अपरान्ह बस र म्याजिक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

रानिगन्जस्थित पूर्व पश्चिम राजमार्ग विस्तार गर्न डाइभर्सन बनाइएको ठाउँमा पौने ५ बजेतिर विराटनगरबाट मलंगवा तर्फ गइरहेको ना. ६ ख ७२२७ नम्वरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगन्जकै वीरसिंह पन्तकी छोरी २२ वर्षीया सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाका घाइते आठ जनाको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए।
मृतक युवतीको शव सोही अस्पतालमा रहेको प्रहरी निरीक्षक जोहारीले जानकारी दिए।
दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा म्याजिकका चालक पनि घाइते भएका छन् ।बसका चालक भने फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ।









