काठमाडौं, बैशाख -२०,उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले धार्मिक स्वतन्त्रताका लागि पनि लाेकतान्त्रिक शासन व्यवस्था अपरिहार्य रहेकाे बताएका छन्  ।
शनिवार काठमाडौं घट्टेकुलाेमा महाप्रज्ञा आश्रम (विहार) काे समुद्घाटन कार्यक्रममा बाेल्दै उनले जनता सार्वभाैमसत्ता सम्पन्न भएपछि आफूलाई मन परेकाे धर्म मान्ने स्वतन्त्रता सुरक्षित भएकाे बताएका हुन । उक्त अवसरमा सिंहले घट्टेकुलाेमा नवनिर्मित विहारकाे समुद्घाटन पनि गरे ।


काठमाडौं घट्टेकुलाेमा २०३० सालमा बनेकाे बिहार बाग्मति प्रदेश सरकारकाे सहयाेगका पुननिर्माण भएकाे हाे । नेपालका प्रथम थेरवाद भिक्षु महाप्रज्ञाले ०३० सालमा घट्टेकुलाेमा साे विहार स्थापना गराएका थिए।
महाप्रज्ञा बुद्ध धर्म प्रचार गरेबापत दुई पटक देश निबाला भएकाे सन्दर्भमा चर्चा गर्दै उपप्रधानमन्त्री सिंहले अहिले त्यस्ताे अवस्था नरहेकाे र सबैले आफ्नाे इच्छाअनुसार धर्म मान्ने स्वतन्त्र रहेका बताए ।


देश निकाला हुँदा पनि आफ्नाे आस्थामा अडिग रहेकाले महाप्रज्ञाकाे जीवनबाट कठिन अवस्थामा पनि आफ्नाे निष्ठा र आस्थाबाट विचलित हुनुहुन्न भन्ने शिक्षा लिन सकिने सिंहकाे भनाई छ ।


उनले अहिले समाजमा नकारात्मकता बढिरहेकाे भन्दै सत्य तथ्य छुट्याउन सक्ने क्षमता भगवानले मानिसलाई जन्मजात दिएकाे भन्दै विवेककाे प्रयाेग गरेर सहि गलत छुट्याउन आग्रह गर ।तस्बिर  साैजन्य: जगन्नाथ दुलाल, प्रेस संयाेजक, उपप्रधानमन्त्री सिंह।