सर्लाही ,बैशाख -१९,नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रवार  हरिपुर नगरपालिका वडा नम्बर- ७ का  मुसहर बस्तीका बालबालिकाहरूलाई शैक्षिक सामग्री  वितरण गरेको छ।

बैंकले विपन्न मुसहर समुदायका  बालबालिकाहरूलाई विद्यालय झोला, कापी, कलम, पेन्सिल,झुल, पङखा लगायतको सामग्रीहरू वितरण  गरेको हो।
नेपाल एसबीआई बैंक मधेश प्रदेश प्रमुख  उदय पजिययार थारुले दलित तथा विपन्न परिवारका बालबालिकाहरूलाई विद्यालय जान र पढाइमा उत्प्रेरित गर्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरेको बताए ।


विद्यालय  शैक्षिक सामग्री पाएपछि मुसहर बस्तीका बालबालिकाहरू खुसी भएका छन।
शैक्षिक सामग्री वितरण कार्यक्रम हरिपुर नगरपालिकाका मेयर गोपाल पजिया, वडाध्यक्ष मनोज चौधरी, समाजसेवी उदयनारायण चौधरी, नेपाल एसबीआई बैंकका मधेश प्रदेश प्रमुख उदय पजिययार थारू, कनिष्ठ अधिकृत चित्तरञ्जन प्रसाद यादव, हरिवनका शाखा प्रबन्धक चक्रप्रसाद ढुंगेल, सहायक प्रबन्धक सञ्जय घिमिरे लगायतको उपस्थिति रहेको स्थानीय समाजसेवी अरविन्द्र चौधरीले जानकारी दि